Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बागमतीमा मूख्यमन्त्री लामाविरूद्ध अविश्वासको प्रस्ताव दर्ता

२१ जनाको लामा विरुद्ध हस्ताक्षर

Screenshot_20250725_16181-1753439696.jpg

९ साउन, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री बहादुरसिंह लामाविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । मुख्यमन्त्री लामालाई नेपाली कांग्रेस संसदीय दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

शुक्रबार नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालयमा लामाविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको काग्रेसका एक जना प्रदेशसभा सदस्यले बताएका छन् । अविश्वासको प्रस्तावमा नेपाली कांग्रेसका २१ सांसदहरूले हस्ताक्षर गरेका छन् ।
आर्थिक वर्ष ०८२/०८३ को बजेट निर्माणका क्रममा मन्त्री, सांसद लगायतबीच विवाद चुलिएको थियो । उनको कार्य शैलीप्रति कांग्रेसको केन्द्रीय समितिको बैठकमा समेत चर्चा पाएको थियो। उनलाई हटाउन कांग्रेस भित्रै आवाज उठ्दै आएको थियो। 
कांग्रेस संसदीय दलको विधान अनुसार संसदीय दलको नेता नै मूख्यमन्त्री रहन्छन् । अविश्वासको प्रस्तावले सार्थकता पाए बागमती प्रदेश सरकारमा नेतृत्व परिवर्तन हुनेछ। बागमती प्रदेशमा  कांग्रेसबाट ३७ जना निर्वाचित सदस्य छन्। कांग्रेस बागमती प्रदेशसभाको सबै भन्दा ठूलो दल हो। 
यता बहादुर सिंह लामा नेतृत्व बागमती प्रदेश सरकारका ४ जना मन्त्रीले राजीनामा दिएका छन् । सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्री  विमल ठकुरी, आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछाने र युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनले राजिनामा पदबाट राजीनामा दिएका हुन्। राजिनामा दिने सबै मन्त्री काग्रेसका हुन्।

IMG-84d021a5a8bedb16dff74-1753448757.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार