प्रष्टखबर ब्युरो
११ साउन, हेटौंडा । बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। यो अविश्वासको प्रस्ताव सरकार ढाल्न नभई संसदीय दलको नेता परिवर्तन गर्नका लागि मात्र हो।
यतिबेला कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य बहादुरसिंह लामाले बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेका छन्।
प्रदेशको माननीय भएसंगै २०७९ पुस १३ गते लामा कांग्रेसको बागमती प्रदेशसभा संसदीय दलको नेतामा निर्वाचित भएका थिए। उनले संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँलाई हराउँदै संसदीय दलको नेतामा निर्वाचित भएका थिए र मूख्यमन्त्री पनि बनेका थिए । कांग्रेसका २१ सांसदले लामालाई संसदीय दलको नेता बनाउन मत दिँदै जिताएका थिए। त्यसको साढे दुई वर्ष नबित्दै लामाले दलको नेतृत्व गर्न नसकेको बजेटमा एकलौटी गरेको भन्दै अहिले २१ सांसदले नै गत शुक्रबार संसदीय दलको नेता परिवर्तनका लागि उनी विरुद्ध संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन्।
पहिले संसदीय दलमा १६ मत मात्र पाएका बानियाँलाई अहिले संसदीय दलको नेता चयन गरियोस भन्दै प्रस्ताव दर्ता गरिएको छ।
लामाविरुद्ध दलको नेता परिवर्तन गर्न अविश्वासको प्रस्ताव दर्ताको विषयमा कांग्रेस केन्द्रमा समेत चर्चा चुलिएपछि कांग्रेसले यस विषयलाई किराना लगाउन केन्द्रीय प्रतिनिधि तोकेको छ।
प्रतिनिधिसभा सदस्य एवं कांग्रेस केन्द्रीय सदस्य राजेन्द्र कुमार केसीलाई पर्यवेक्षकको रूपमा यस मुद्दाको छिनोफानो गर्न प्रतिनिधि तोकेर पठाएको छ । केसी यस मुद्दालाई टुङ्गोमा पुर्याउन र केन्द्रको निर्देशन पुरा गर्न आइतबार साँझ हेटौंडा आइपुगेका छन् ।
हेटौंडा आइपुगेका केसीले सोमबार दिउँसो १ बजे बस्ने प्रदेश संसदीय दलको बैठकबाट हालको विवाद सुल्झाइने बताएका छन् । केसीका अनुसार दुई चरणमा र संसदीय प्रक्रियामार्फत् समस्या समाधान गर्ने बताएका छन्।
"पहिलो चरणमा अविश्वासको प्रस्ताबको पक्ष र विपक्षमा मत जाहेर हुनेछ, उक्त प्रस्ताब पारित भएपछि मात्र अविश्वासको प्रस्ताव स्वीकृत हुने र दलको नेता चयन गर्ने प्रक्रिया अगाडि बढ्नेछ" -केसीले भने।
त्यसैगरी दोस्रो चरणमा दलको नेता दाबी गर्नेहरुबीच गोप्य मतदान हुनेछ, जसले संख्याको बहुमत प्राप्त गर्नेछ, उही संसदीय दलको नेता चयन हुने उनले बताएका छन्।
"कांग्रेसको संसदीय दलको नेता चयनको अभ्यास प्रदेश र संघ पनि उस्तै हो। संसदीय दलका नेतामा निर्वाचित जो हुन्छ उसैले मुख्यमन्त्रीको अवसर पाउँदा नेतृत्व गर्छ"-केसीले भने। उनले दलको नेता चयनका लागि निर्वाचनको मिति भने अनुकूल र आवश्यक परामर्श गरि तोकिने स्पष्ट पारेका छन्।
३७ सांसद रहेको यस प्रदेशका २१ जनाले शुक्रबार प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई दलको नेता बनाउनुपर्ने भन्दै लामाविरुद्ध हस्ताक्षर गरेर संसदीय दलको कार्यालयमा प्रस्ताव दर्ता गराएका छन्। लामा नेतृत्व सरकारमा रहेको आफ्नै पार्टीका ४ मन्त्रीले राजीनामा समेत दिइसकेका छन्। राजिनामा दिएका मन्त्रीको राजिनामा स्वीकृति नगरी मुख्यमन्त्री लामाले मन्त्रीलाई बर्खास्त गरिदिएका थिए।
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...


















