१३ साउन, हेटौंडा । नेपाली कांग्रेस संसदीय दलको हैसियतले मूख्यमन्त्री बनेका बहादुरसिंह लामा पेलेरै जाने मुडमा देखिएका छन् । मंगलबार नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको हैसियत गुमेपनि मूख्यमन्त्रीको रूपमा भने पेलेरै अघि बढ्ने मुडमा देखिएका हुन् ।
संसदीय दलको नेता रहेका लामाविरूद्धको अविश्वासको प्रस्ताव बहुमतले पारित भएपछि उनले संचारकर्मीहरूलाई मूख्यमन्त्री नछाड्ने बताएका छन् ।
उनले संसदीय दलको नेता आफू नरहेपनि मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्ने कुनै संवैधानिक बाध्यता नरहेको बताए । ‘सरकारको नेतृत्व एउटा पाटो हो, संसदीय दल अर्को पाटो हो । उनले गठबन्धन सरकारमा दलको नेता मुख्यमन्त्री बन्नुपर्ने कुनै बाध्यता नरहेको बताए । उनले आफुमाथि जालझेल र प्रपन्च रचिएको भन्दै त्यो जालो र दवावमा आफ्नै मन्त्रीहरू परेर राजिनामा दिएको बताए ।
तर कांग्रेस बागमती प्रदेश सभापति एवं प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले भने लामाले अब मार्गप्रशस्त गर्नुपर्ने बताए । उनले लामा कांग्रेस संसदीय दलको नेताको हैसियतले मूख्यमन्त्री बनेको बताउँदै लामालाई मार्गप्रशस्त गर्न सुझाव दिए । संचारकर्मीहरूसंग कुरा गर्दै बानियाँले राजिनीतिमा ईमानदारिता, जिम्मेवारी र नैतिकता हुनेपर्ने भएकोले लामाले मार्गप्रशस्त गर्नु उचित हुने बताए । तर अहिले नै मूख्यमन्त्री छोड्न नपर्ने बताए । उनले पहिलो चरणमा अविश्वासको प्रस्तावबारे निर्णय भएको र दोस्रो चरणमा संसदीयको नेता चयनको काम कांग्रेस प्रदेश कार्यसमितिले गर्ने बताए । त्यसपछि सरकारबारे निर्णय हुने बानियाँले बताए । बानियाँले लामाको हैसियत 'काम चलाउ मूख्यमन्त्री' को भएको संकेत गरे । 'अहिलेसम्म उहाँ मूख्यमन्त्री हुनुहुन्छ तर अबका निर्णय विवेकपूर्ण ढंगले गर्नुपर्छ ।'
मूख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलको नेता लामाविरूद्धको अविश्वासको प्रस्तावको पक्षमा २२ र विपक्षमा १५ सांसदले समर्थन गरेपछि उनले संसदीय दलको नेताको हैसियत गुमाएका छन् ।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


















