Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

राजिनामा नदिने बताइरहेका मुख्यमन्त्री लामा राजिनामा दिने 'मुडमा'

IMG_20250801_160448-1754043601.jpg

१६ साउन, हेटौंडा। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा पराजित भएपछि  मुख्यमन्त्रीको पदबाट राजिनामा नदिने  बताइरहेका बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले अन्ततः पदबाट राजीनामा दिने मुडमा पुगेका छन्।
गत बुधबार संसदीय दलको नेतामा पराजित भएपछि पत्रकारसँगको छोटो अन्तरक्रियामा, नेताको पदबाट पराजित भएपनि मुख्यमन्त्रीबाट राजिनामा नदिने बताएका लामाले अब राजिनामा दिने मुडमा पुगेको उनी निकट एकजना प्रदेश सांसदले बताएका छन् ।
बिहीबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री के पी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको बालुवाटारमा भएको छलफलमा समेत बागमती प्रदेशको संसदीय दलका नेता चयनको विषयले प्राथमिकता पाएपछि देउवाले मुख्यमन्त्री लामालाई काठमाडौं डाकेका थिए। 
सभापतिले बोलाए लगत्तै बिहीबार साँझै बुढानिलकण्ठस्थित देउवा  निवासमा पुगेर मुख्यमन्त्री लामाले सभापति देउवासँग भेट गरेको थिए।
देउवा र लामा बिचको वान टु वान भएको छलफलमा देउवाले लोकतान्त्रिक पद्धतिबाट दलको नेता चयन प्रक्रियालाई स्वीकारनु पर्नर भन्दै राजिनामा दिनुनै उपयुक्त हुने मुख्यमन्त्री लामालाई भनेका थिए स्रोतले उल्लेख गरेको छ। 
यता संसदीय दलका नेतामा निर्वाचित काग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाले मुख्यमन्त्री लामाले राजिनामा दिएर मार्ग प्रशस्त गर्न अनुरोध गरेका थिए।
देउवाको निर्देशनपछि शुक्रबार बिहान आफ्ना निकट सहयोगीहरूसँग सल्लाह गर्नुभएका मुख्यमन्त्री लामाले पार्टीको शीर्ष नेतृत्वको निर्देशनअनुसार अघि बढ्ने निर्णय गर्नुभएको  उनी निकट स्रोतले बताएको छ। लामा एक दुईनै हेटौंडा पुगेर पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिने उनी निकट सांसद तिर्थ लामाले जानकारी दिएका छन्। संसदीय दलको नेतामा लामा इन्द्रबहादुर बानियाँसंग ८ मतले पराजित भएका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार