१७ साउन, हेटौंडा। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताबाट पराजित भएपछि सरकार छाड्न आनाकानी गरिरहेका मुख्यमन्त्री बहादुर सिंह लामाले आइतबार राजिनामा दिने भएका छन।
लामाले राखेको सर्तमा छलफल पछि संसदीय दलको नेतामा निर्वाचित इन्द्र बहादुर बानियाँले समर्थन जनाएपछि उनले आइतबार राजिनामा दिने लगभग निश्चित भएको हो।
बिहीबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवासँग वान टू वान वार्तामा देउवाले राजिनामा दिएर मार्ग प्रशस्त गर्न लामालाई निर्देशन दिएका थिए।
शुक्रबार र शनिबार आफु निकट सांसदसँगको छलफल पछि लामाले सभापति देउवा र बानियाँसँग सर्त राखेका थिए।
देउवाको उपस्थितिमा बुढानीलकण्ठमा भएको छलफलमा लामाले साउन १४ गते मन्त्री नियुक्त गरेका गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई निरन्तरता दिने सर्त राखेका थिए। मुख्यमन्त्री बन्दै गरेका बानियाँले उनको सर्तमा समर्थन जनाएपछि उनको राजीनामा लगभग निश्चित भएको हो। बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा अस्पतालमा भर्ना भएकोले आइतबार हेटौंडा आएर राजीनामा दिने उनी निकट सासंद तिर्थ लामाले जानकारी दिएका छन्।
"शनिबारनै हेटौंडा गएर राजिनामा दिने तयारी रहेकोमा प्रदेश प्रमुख देवकोटा अस्वस्थ भएर उपचारार्थ रहनुभएकोले सम्भवतः भोली हेटौंडा पुगेर पत्रकार सम्मेलन गरेर राजिनामा दिनुहुन्छ" - लामाले भने।
गत बुधबार संसदीय दलको नेतामा पराजित भएपछि राजिनामा नदिने प्रतिक्रिया दिएका थिए। मुख्यमन्त्री लामाको राजीनामासँगै बागमती प्रदेश सरकार ढल्नेछ भने प्रदेश प्रमुखद्वारा सरकार गठनका लागि मुख्यमन्त्रीको दावी पेश गर्न आव्हान गर्नेछन्। कांग्रेस - एमालेको गठबन्धन रहेको अवस्थामा भर्खरै कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका इन्द्र बहादुर बानियाँ सम्भवतः मुख्यमन्त्री बन्नेछन्।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


















