Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

शिक्षक संघ मकवानपुरको शैक्षिक तीज गीत प्रतियोगिता

FB_IMG_1754185252919-1754185360.jpg

१८ साउन, हेटौंडा। नेपाल शिक्षक संघ मकवानपुर महिला विभागको आयेजनामा शैक्षिक तीज गीत प्रतियोगिता शनिबार सम्पन्न भएको छ  । 

शिक्षक संघ मकवानपुरको महिला  विभाग संयोजक निर्मला तिमल्सिनाको सभाध्यक्षतामा भएको  कार्यक्रममा शिक्षक संघ बागमती प्रदेशकी महिला उपाध्यक्ष कमला थापाको प्रमुख आतिथ्यता रहेको थियो । 
शिक्षक संघ महिला विभागले तीजको अवसरमा जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत महिला शिक्षकहरुको प्रतिनिधित्व गर्दै शैक्षिक तीज गित प्रतियोगिताको आयोजना गर्दै दर  समेत खुवाइएको कार्यक्रम संयोजक तिमल्सिनाले बताईन ।
कार्यक्रममा शिक्षक संघ बकैयाको टोली पहिलो , संघ हेटौंडा उपमहानगरपालिकाको टोली दोस्रो र  संघ मकवानपुरगढीको टोलीले तेस्रो भएका थिए। पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरेको टोलीले क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार प्राप्त गरेका छन्। 

प्रतियोगितामा वाध्यवाधनमा रोशन घिमिरे, विनोद खत्रीले सहजीकरण गरेका थिए भने गायक रामप्रसाद सापकोटा, गायिका सुनिता लुइटेल, साहित्यकार ह्याग्रिव आचार्य निर्णायकको भूमिका निर्वाह गरेका थिए। 
कार्यक्रममा हेटौडाका उप मेयर राजेश बानियाँ, संघ मकवानपुरका अध्यक्ष गणेश प्रसाद हुमागाई, बैकैया  वडा नम्बर ५ का वडाध्यक्ष लक्ष्मी जिम्बा,नेपाल शिक्षक सङ्घ मकवानपुरका पूर्व अध्यक्ष रामसागर गुरागाँई, संस्थापक अध्यक्ष रामनरेस यादव,संघ बागमती प्रदेश सदस्य स्वेता कोइराला,संघ हेटौँडा उपमहानगरपालिकाकी अध्यक्ष मन्दिरा फूँयाल लगायतले मन्तव्य व्यक्त गरेका थिए।

FB_IMG_1754187860561-1754187877.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार