Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

शिक्षक संघ मकवानपुरको शैक्षिक तीज गीत प्रतियोगिता

FB_IMG_1754185252919-1754185360.jpg

१८ साउन, हेटौंडा। नेपाल शिक्षक संघ मकवानपुर महिला विभागको आयेजनामा शैक्षिक तीज गीत प्रतियोगिता शनिबार सम्पन्न भएको छ  । 

शिक्षक संघ मकवानपुरको महिला  विभाग संयोजक निर्मला तिमल्सिनाको सभाध्यक्षतामा भएको  कार्यक्रममा शिक्षक संघ बागमती प्रदेशकी महिला उपाध्यक्ष कमला थापाको प्रमुख आतिथ्यता रहेको थियो । 
शिक्षक संघ महिला विभागले तीजको अवसरमा जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत महिला शिक्षकहरुको प्रतिनिधित्व गर्दै शैक्षिक तीज गित प्रतियोगिताको आयोजना गर्दै दर  समेत खुवाइएको कार्यक्रम संयोजक तिमल्सिनाले बताईन ।
कार्यक्रममा शिक्षक संघ बकैयाको टोली पहिलो , संघ हेटौंडा उपमहानगरपालिकाको टोली दोस्रो र  संघ मकवानपुरगढीको टोलीले तेस्रो भएका थिए। पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरेको टोलीले क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार प्राप्त गरेका छन्। 

प्रतियोगितामा वाध्यवाधनमा रोशन घिमिरे, विनोद खत्रीले सहजीकरण गरेका थिए भने गायक रामप्रसाद सापकोटा, गायिका सुनिता लुइटेल, साहित्यकार ह्याग्रिव आचार्य निर्णायकको भूमिका निर्वाह गरेका थिए। 
कार्यक्रममा हेटौडाका उप मेयर राजेश बानियाँ, संघ मकवानपुरका अध्यक्ष गणेश प्रसाद हुमागाई, बैकैया  वडा नम्बर ५ का वडाध्यक्ष लक्ष्मी जिम्बा,नेपाल शिक्षक सङ्घ मकवानपुरका पूर्व अध्यक्ष रामसागर गुरागाँई, संस्थापक अध्यक्ष रामनरेस यादव,संघ बागमती प्रदेश सदस्य स्वेता कोइराला,संघ हेटौँडा उपमहानगरपालिकाकी अध्यक्ष मन्दिरा फूँयाल लगायतले मन्तव्य व्यक्त गरेका थिए।

FB_IMG_1754187860561-1754187877.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

थप समाचार