Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

विश्वकप छनोटको पहिलो खेलमा नेपाल पराजित

Nepal-Cricket-1520178983.jpg

File Photo

२० फागुन, काठमाडौं । विश्वकप क्रिकेट छनोटको पहिलो खेलमा नेपाल आयोजक जिम्बावेसँग पराजित भएको छ। आइतबार जिम्बावेको बुलवायो मैदानमा भएको खेलमा नेपालले ३८१ रनको कठिन चुनौती पाएको थियो। टेस्ट खेल्ने राष्ट्र जिम्बावेले दिएको उक्त लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित ५० ओभर पूरै खेलेर २६४ रन मात्र बनायो। नेपाल ११६ रनले पराजित भएको हो। सुधारिएको ब्याटिङ गरेको नेपालको बलिङ भने अपेक्षा अनुसार भएन। नेपालका लागि दुई ब्याट्सम्यानले अर्धशतक बनाए। शरद भेषवाकरले ५२ रन बनाउँदा अर्का ब्याट्सम्यान आरिफ शेखले ५० रन जोडे। शरदले ६० बल खेलेर ६ चौका र एक छक्का प्रहार गरेका थिए। त्यस्तै कप्तान पारस खड्का ४० रनमा आउट भए। उपकप्तान ज्ञानेन्द्र मल्ल ३२, रोहितकुमार पौडेल ३० र दिपेन्द्रसिंह ऐरीले २३ रन बनाए। जिम्बावेका लागि सिकन्दर राजाले महत्वपूर्ण ३ विकेट लिए। ब्याटिङमा पनि उत्कृष्ट प्रदर्शन गरेका राजा नेपालका लागि बलिङमा पनि विजयको बाधक बने। त्यस्तै, विरन भिटोरीले २ विकेट लिएका थिए। चतारा, जर्भिस र क्रेमेरले १-१ विकेट लिए। टस जितेर ब्याटिङ रोजेको जिम्बावेका लागि दुई ब्याट्सम्यानले शतक प्रहार गरे। उसका सिकन्दर राजाले १२३ र ब्रेन्डन टेलरले १०० रन बनाए। यी दुवैलाई सोमपाल कामीले लगातार आउट गरेका थिए। त्यस्तै, सोलोमन मिरेले ५२ रन प्रहार गरे। नेपालका लागि सोमपाल र वसन्त रेग्मीले समान २-२, ललित राजवंशी र सन्दीप लामिछानेको नाममा १-१ विकेट रह्यो। चलेन नेपालको बलिङ नेपालको जिम्बावेविरुद्ध केही सुधारिएको ब्याटिङ देख्न पाइयो। नेपालले टेस्ट खेल्न राष्ट्र र समूह बीको शीर्ष टीम जिम्बाविविरुद्ध २६४ रन बनायो। तर, नेपालको बलिङ पक्ष भने जिम्बावेका ब्याट्सम्यानसामु टिक्न सकेन। नेपालका सोमपाल कामीले ८ ओभर खेलेर ८२ रन खर्चिए। कप्तान पारस खड्काले ५ ओभर खेलेर ५७ रन खर्चिए। सन्दीप लामिछानेले १० ओभरमा ६७ रन दिएर १ विकेट लिए। त्यस्तै वसन्त रेग्मीले पनि १० ओभर फाल्दा ६९ रन खर्चिए। धारिलो मानिएको नेपालको बलिङ आज भने आशातित नतिजा दिन सकेन र जिम्बावेले ३८० रन जोड्यो। उसका दुई खेलाडिले शतक प्रहार गरे। साभार : थाहा खबर


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार