प्रष्टखबर ब्युरो
२० साउन,हेटौंडा। बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नयाँ सरकार गठनका लागि गरेको आव्हान मंगलबार दिउँसो २ बजे सक्किदै छ। दुई वा दुईभन्दा बढी दलको समर्थनमा दावी पेस गर्न गरिएको आव्हान लगत्तै कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले सोमबारनै एमालेको समर्थनमा मुख्यमन्त्रीको दावी पेस गरिसकेका छन्।
समयावधि सक्किए लगतै प्रदेश प्रमुखले बानियाँलाई मुख्यमन्त्री नियुक्त गर्नेछन्। बानियाँ नेतृत्वको बागमती प्रदेश सरकारमा काग्रेसबाट दुई जना र नेकपा एमालेबाट ६ जनालाईनै आजै मन्त्री नियुक्त गरिने प्रष्टखबरलाई स्रोतले बताएको छ। बानियाँको मन्त्रीमण्डलमा कांग्रेसबाट प्रभात तामाङ र शिवराज अधिकारी मन्त्री नियुक्त हुने प्रवल संम्भावना रहेको स्रोतले जनाएको छ। यता एमालेबाट एक जना बहादुर सिंह लामा नेतृत्व सरकारकै मन्त्री दोहोरिने र बाँकि ५ जना नयाँ अनुहार मन्त्री बन्नेछन्।एमालेले संसदीय दलको प्रमुख सचेतक मधुसूदन पौडेलको नेतृत्वमा सरकारमा सहभागिता जनाउँदै छ। एमाले स्रोतले दिएको जानकारी अनुसार किरण थापा मगर – स्वास्थ्य मन्त्री (पुनः नियुक्त), जयराम थापा – श्रम, रोजगार तथा यातायात मन्त्री, भरतबहादुर केसी – वन तथा वातावरण मन्त्री, मधुसुधन पौडेल – कृषि तथा पशुपन्छी विकास मन्त्री, डा. दिनेशचन्द्र देवकोटा – भौतिक पूर्वाधार विकास मन्त्री, बिन्दु श्रेष्ठ – उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री नियुक्त हुने जनाइएको छ। दिउँसोसम्म कुनै फेरबदल नभए वहाँहरुनै मन्त्री हुनुहुनेछ एमाले स्रोतले स्पष्ट पारेको छ। नियुक्त भएसँगै अपरान्ह ४ बजेपछि प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री सहित मन्त्रीहरुको सपथग्रहण कार्यक्रम रहेको बुझिएको छ। बागमती प्रदेशमा कांग्रेस र एमालेको गठबन्धन रहेको अवस्थामा गठबन्धनका ६४ सांसदको बानियाँलाई समर्थन रहनेछ। मंगलबार साँझै सपथग्रहणको लागि प्रदेश प्रमुखको कार्यालय परिसरमा धमाधम तयारी भइरहेको जनाइएको छ।
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...


















