प्रष्टखबर ब्युरो
२० साउन,हेटौंडा। बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नयाँ सरकार गठनका लागि गरेको आव्हान मंगलबार दिउँसो २ बजे सक्किदै छ। दुई वा दुईभन्दा बढी दलको समर्थनमा दावी पेस गर्न गरिएको आव्हान लगत्तै कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले सोमबारनै एमालेको समर्थनमा मुख्यमन्त्रीको दावी पेस गरिसकेका छन्।
समयावधि सक्किए लगतै प्रदेश प्रमुखले बानियाँलाई मुख्यमन्त्री नियुक्त गर्नेछन्। बानियाँ नेतृत्वको बागमती प्रदेश सरकारमा काग्रेसबाट दुई जना र नेकपा एमालेबाट ६ जनालाईनै आजै मन्त्री नियुक्त गरिने प्रष्टखबरलाई स्रोतले बताएको छ। बानियाँको मन्त्रीमण्डलमा कांग्रेसबाट प्रभात तामाङ र शिवराज अधिकारी मन्त्री नियुक्त हुने प्रवल संम्भावना रहेको स्रोतले जनाएको छ। यता एमालेबाट एक जना बहादुर सिंह लामा नेतृत्व सरकारकै मन्त्री दोहोरिने र बाँकि ५ जना नयाँ अनुहार मन्त्री बन्नेछन्।एमालेले संसदीय दलको प्रमुख सचेतक मधुसूदन पौडेलको नेतृत्वमा सरकारमा सहभागिता जनाउँदै छ। एमाले स्रोतले दिएको जानकारी अनुसार किरण थापा मगर – स्वास्थ्य मन्त्री (पुनः नियुक्त), जयराम थापा – श्रम, रोजगार तथा यातायात मन्त्री, भरतबहादुर केसी – वन तथा वातावरण मन्त्री, मधुसुधन पौडेल – कृषि तथा पशुपन्छी विकास मन्त्री, डा. दिनेशचन्द्र देवकोटा – भौतिक पूर्वाधार विकास मन्त्री, बिन्दु श्रेष्ठ – उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री नियुक्त हुने जनाइएको छ। दिउँसोसम्म कुनै फेरबदल नभए वहाँहरुनै मन्त्री हुनुहुनेछ एमाले स्रोतले स्पष्ट पारेको छ। नियुक्त भएसँगै अपरान्ह ४ बजेपछि प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री सहित मन्त्रीहरुको सपथग्रहण कार्यक्रम रहेको बुझिएको छ। बागमती प्रदेशमा कांग्रेस र एमालेको गठबन्धन रहेको अवस्थामा गठबन्धनका ६४ सांसदको बानियाँलाई समर्थन रहनेछ। मंगलबार साँझै सपथग्रहणको लागि प्रदेश प्रमुखको कार्यालय परिसरमा धमाधम तयारी भइरहेको जनाइएको छ।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


















