प्रष्टखबर ब्युरो
२० साउन, हेटौंडा । मकवानपुरमा लालकिल्ला तोडेका ईन्द्रबहादुर बानियाँ बागमती प्रदेशको छैठौं मूख्यमन्त्री बनेका छन् । २०४६ सालमा बहुदल आएपछि अधिकांश समय लालकिल्लाको रुपमा रहेको मकवानपुरमा कांग्रेस विजयको झण्डा फहराउने बानियाँ बागमती प्रदेशको मूख्यमन्त्री बनेका हुन् ।
२०५१ मा मकवानपुर क्षेत्र नम्बर १ मा तत्कालिन राप्रपा अध्यक्ष कमल थापाले जित्नु बाहेक सबै समय कम्युनिष्टहरुले जितेको जिल्ला मकवानपुरमा पछिल्लो तीनवटा निर्वाचनमा लगातार ‘लालकिल्ला’ तोडेका बानियाँ मूख्यमन्त्री बनेका छन् । २०५१ साल बाहेक निरन्तर एमाले र २०६४ मा मकवानपुरमा माओवादीले विजय हासिल गरेको थियो । बहुदल आएपछि निरन्तर एमालेले जितिरहेको मकवानपुरलाई लालकिल्ला भन्ने गरिएको थियो । यो क्रम २०७० सालसम्म कायम पनि रहेको थियो । बर्षौदेखि कांग्रेसलाई मतदान गरेपनि पराजित भएर निरास बनेका कांग्रेसजनमा २०७० सालको संविधानसभा निर्वाचनमा लालकिल्ला भत्काएर बानियाँले नयाँ उर्जा थपे । यससंगै सांगठनिक अभियानलाई आक्रमक ढंगले अघि बढाएर जिल्लामा कांग्रेसलाई बलियो बनेका बानियाँ २०७४ र २०७९ सालमा मकवानपुर क्षेत्र नम्बर २ (२) मा लगातार निर्वाचित भए ।
२०७० सालमा संविधानभा सदस्य निर्वाचित भएपछि गृहराज्य मन्त्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका बानियाँले बागमती प्रदेश प्रदेशसभाको पहिलो कार्यकालमा कांग्रेस संसदीय दलको नेताको भूमिका कुशलतापूर्वकक निर्वाह गरिसकेका छन् । २०७८ मंसिर १९ गते नेपाली कांग्रेस बागमती प्रदेश सभापति निर्वाचित भएपछि प्रदेशभर कांग्रेसको संगठन विस्तार गरी पछिल्लो कांग्रेसलाई पहिलो पार्टी बनाउने कमाण्डरको रुपमा परिचित बानियाँ दोस्रो प्रयासमा मूख्यमन्त्री बनेका छन् ।
तत्कालिन सत्ता गठबन्धनबीच भएको सहमति कार्यान्वयन भएको भए प्रदेशसभाको पहिलो कार्यकालमै मूख्यमन्त्री बन्नुपर्ने बानियाँले अहिले पनि पार्टीभित्र संघर्षका बीच मूख्यमन्त्री बनेका छन् । प्रदेशसभामा सहभागी सबै दललाई अघिल्लो कार्यकालमा समन्वयात्मक सम्बन्ध राखेका थिए । दोस्रो कार्यकालमा पनि सरकार संचालन र प्रदेशसभामा पर्ने हरेक समस्या समाधानमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका बानियाँ मूख्यमन्त्री बनेपछि प्रदेश सरकारको काममा प्रभावकारिता र तिब्रता आउने अपेक्षा गरिएको छ ।
© यस्तो छ बानियाँको व्यक्तिगत विवरण
नाम ईन्द्रबहादुर बानियाँ
जन्म स्थान हर्नामाडी–४ दियावती, मकवानपुर
जन्ममिति २०२७ साल साउन १५ गते
हालको ठेगाना हेटौँडा–५ सानोपोखरा/ललितपुर
पिताको नाम क्षेमबहादुर बानियाँ
माताको नाम प्रेमकुमारी बानियाँ
निर्वाचन क्षेत्र मकवानपुर संघीय क्षेत्र नम्बर २ (२)
© राजनीतिक यात्रा
२०४४ सालमा राजनीतिमा प्रवेश
२०५१ सालमा काँग्रेस महाधिवेशन प्रतिनिधि
२०५२ सालमा नेविसंघ जिल्ला सहसचिव
२०५५ सालमा तरुण दल जिल्ला सचिव
२०५६ सालमा तरुण दल जिल्ला अध्यक्ष
२०५६ सालदेखि निरन्तर महासमिति सदस्य
२०५८ सालमा नेपाली काँग्रेस जिल्ला सदस्य
२०६४ सालमा संविधानसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवार
२०७० मंसिर ४ गते प्रत्यक्षतर्फबाट निर्वाचित संविधानसभा सदस्य
२०७३ चैत्र १२ गते नेपाली कांग्रेस मकवानपुरको जिल्ला सभापति
२०७४ साल संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री ।
२०७४ सालमा गृह राज्यमन्त्री ।
२०७४ मंसिर २१ गते मकवानपुर संघीय क्षेत्र २ को ख बाट प्रत्यक्षतर्फको प्रदेशसभा सदस्य निर्वाचित ।
२०७४ माघ २५ गते नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता सर्वसम्मत निर्वाचित ।
२०७८ मंसिर १९ गते नेपाली कांग्रेस बागमती प्रदेश सभापति निर्वाचित ।
२०७९ मंसिर ४ गते पुनः मकवानपुर संघीय क्षेत्र २ को ख बाट प्रत्यक्षतर्फको प्रदेशसभा सदस्य निर्वाचित ।
२०८२ साउन १४ गते नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता निर्वाचित ।
©सामाजिक क्रियाशिलता
मकवानपुरको विभिन्न व्यवसायिक, सामाजिक एवं धार्मिक संघसंस्थामा सल्लाहकार एवं संरक्षकको भूमिका निर्वाह ।
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...


















