Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

लालकिल्ला तोडेका बानियाँ बने बागमतीका मूख्यमन्त्री

IMG-20250805-WA0003-1754386173.jpg

प्रष्टखबर ब्युरो 

२० साउन, हेटौंडा । मकवानपुरमा लालकिल्ला तोडेका ईन्द्रबहादुर बानियाँ बागमती प्रदेशको छैठौं मूख्यमन्त्री बनेका छन् । २०४६ सालमा बहुदल आएपछि अधिकांश समय लालकिल्लाको रुपमा रहेको मकवानपुरमा कांग्रेस विजयको झण्डा फहराउने बानियाँ बागमती प्रदेशको मूख्यमन्त्री बनेका हुन् । 

२०५१ मा मकवानपुर क्षेत्र नम्बर १ मा तत्कालिन राप्रपा अध्यक्ष कमल थापाले जित्नु बाहेक सबै समय कम्युनिष्टहरुले जितेको जिल्ला मकवानपुरमा पछिल्लो तीनवटा निर्वाचनमा लगातार ‘लालकिल्ला’ तोडेका बानियाँ मूख्यमन्त्री बनेका छन् । २०५१ साल बाहेक निरन्तर एमाले र २०६४ मा मकवानपुरमा माओवादीले विजय हासिल गरेको थियो । बहुदल आएपछि निरन्तर एमालेले जितिरहेको मकवानपुरलाई लालकिल्ला भन्ने गरिएको थियो । यो क्रम २०७० सालसम्म कायम पनि रहेको थियो । बर्षौदेखि कांग्रेसलाई मतदान गरेपनि पराजित भएर निरास बनेका कांग्रेसजनमा २०७० सालको संविधानसभा निर्वाचनमा लालकिल्ला भत्काएर बानियाँले नयाँ उर्जा थपे । यससंगै सांगठनिक अभियानलाई आक्रमक ढंगले अघि बढाएर जिल्लामा कांग्रेसलाई बलियो बनेका बानियाँ २०७४ र २०७९ सालमा मकवानपुर क्षेत्र नम्बर २ (२) मा लगातार निर्वाचित भए ।

२०७० सालमा संविधानभा सदस्य निर्वाचित भएपछि गृहराज्य मन्त्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका बानियाँले बागमती प्रदेश प्रदेशसभाको पहिलो कार्यकालमा कांग्रेस संसदीय दलको नेताको भूमिका कुशलतापूर्वकक निर्वाह गरिसकेका छन् । २०७८ मंसिर १९ गते नेपाली कांग्रेस बागमती प्रदेश सभापति निर्वाचित भएपछि प्रदेशभर कांग्रेसको संगठन विस्तार गरी पछिल्लो कांग्रेसलाई पहिलो पार्टी बनाउने कमाण्डरको रुपमा परिचित बानियाँ दोस्रो प्रयासमा मूख्यमन्त्री बनेका छन् ।

तत्कालिन सत्ता गठबन्धनबीच भएको सहमति कार्यान्वयन भएको भए प्रदेशसभाको पहिलो कार्यकालमै मूख्यमन्त्री बन्नुपर्ने बानियाँले अहिले पनि पार्टीभित्र संघर्षका बीच मूख्यमन्त्री बनेका छन् । प्रदेशसभामा सहभागी सबै दललाई अघिल्लो कार्यकालमा समन्वयात्मक सम्बन्ध राखेका थिए । दोस्रो कार्यकालमा पनि सरकार संचालन र प्रदेशसभामा पर्ने हरेक समस्या समाधानमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका बानियाँ मूख्यमन्त्री बनेपछि प्रदेश सरकारको काममा प्रभावकारिता र तिब्रता आउने अपेक्षा गरिएको छ ।

 

© यस्तो छ बानियाँको व्यक्तिगत विवरण

नाम ईन्द्रबहादुर बानियाँ

जन्म स्थान हर्नामाडी–४ दियावती, मकवानपुर

जन्ममिति २०२७ साल साउन १५ गते

हालको ठेगाना हेटौँडा–५ सानोपोखरा/ललितपुर

पिताको नाम क्षेमबहादुर बानियाँ

माताको नाम प्रेमकुमारी बानियाँ

निर्वाचन क्षेत्र मकवानपुर संघीय क्षेत्र नम्बर २ (२)

© राजनीतिक यात्रा

२०४४ सालमा राजनीतिमा प्रवेश

२०५१ सालमा काँग्रेस महाधिवेशन प्रतिनिधि

२०५२ सालमा नेविसंघ जिल्ला सहसचिव

२०५५ सालमा तरुण दल जिल्ला सचिव

२०५६ सालमा तरुण दल जिल्ला अध्यक्ष

२०५६ सालदेखि निरन्तर महासमिति सदस्य

२०५८ सालमा नेपाली काँग्रेस जिल्ला सदस्य

२०६४ सालमा संविधानसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवार

२०७० मंसिर ४ गते प्रत्यक्षतर्फबाट निर्वाचित संविधानसभा सदस्य

२०७३ चैत्र १२ गते नेपाली कांग्रेस मकवानपुरको जिल्ला सभापति

२०७४ साल संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री ।

२०७४ सालमा गृह राज्यमन्त्री ।

२०७४ मंसिर २१ गते मकवानपुर संघीय क्षेत्र २ को ख बाट प्रत्यक्षतर्फको प्रदेशसभा सदस्य निर्वाचित ।

२०७४ माघ २५ गते नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता सर्वसम्मत निर्वाचित । 

२०७८ मंसिर १९ गते नेपाली कांग्रेस बागमती प्रदेश सभापति निर्वाचित ।

२०७९ मंसिर ४ गते पुनः मकवानपुर संघीय क्षेत्र २ को ख बाट प्रत्यक्षतर्फको प्रदेशसभा सदस्य निर्वाचित ।

२०८२ साउन १४ गते नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता निर्वाचित । 

©सामाजिक क्रियाशिलता

मकवानपुरको विभिन्न व्यवसायिक, सामाजिक एवं धार्मिक संघसंस्थामा सल्लाहकार एवं संरक्षकको भूमिका निर्वाह ।

Screenshot_20250805_15182-1754386431.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार