प्रष्टखबर ब्युरो
२४ साउन, हेटौंडा। हेटौंडा ८ मा एक युवकको ब्याकमेलको सिकार भइ आत्महत्याको प्रयास गरेकी एक युवतीको उपचारको क्रममा मृत्यु भएको छ।
केही दिनअघि हेटौंडा ८ कमानेमा छिमेकीकै एक पुरुषले पैसाका लागि ब्ल्याकमेल गरेपछि हेटौंडा-८ कमानेकी ३८ वर्षीया एक महिलाले साउन ९ गते आत्महत्या प्रयास गरेकी थिइन्।
हेटौंडा-८ का ४४ वर्षीय सुरज कार्कीले सामाजिक सञ्जालमार्फत परपुरुषसँगको अनैतिक सम्बन्धबारे आफूलाई जानकारी रहेको र पैसा नदिए अनैतिक सम्बन्धका बारेमा सार्वजनिक गर्ने चेतावनी दिएपछि महिलाले घरमै विष सेवन गरी आत्महत्याको प्रयास गरेको निजको परिवारले दावि गरेको छ ।विष सेवन गरेको ३ दिनपछि ती महिलाको स्वास्थ्यमा समस्या देखिएपछि हेटौंडामा उपचार सम्भव नभएपछि भरतपुर लगिएको थियो।भरतपुरबाट घरमा ल्याइएपनि स्वास्थ्यमा समस्या आएपछि हेटौंडा ११ चुरेहिल अस्पतालमा उपचारको लागि लगिएकोमा उनको उपचारको क्रममा बुधबार मृत्यु भएको जनाइएको छ।
यता परिवारका सदस्यले जानकारी दिए अनुसार गत १४ गते बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्कीविरुद्ध आत्महत्या दुरुत्साहन, साइबर अपराध सम्बन्धी मुद्दा दर्ता गरिएको छ । मुद्दा दायर हुदा समेत प्रहरीले कुनै सुनुवाइ नगरेको परिवारजनले आरोप लगाएको छ। कार्की हाल फरार रहेका छन्। फरार कार्की विरुद्ध ३ वटा मुद्दा परेको र खोजी कार्य जारी रहेको र प्रहरी उनको खोजीमा लागिरहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी दिएका छन्।
यता मकवानपुरका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले प्रष्टखबरसंग कुरा गर्दै भने घटनाको जानकारी प्रहरीले पाएलगत्तै परिवारका सदस्य, फरार व्यक्तिका आफन्तसंग सोधपुछ भइरहेको र छिट्टै फारर व्यक्तिलाई पक्राउ गर्ने बताएका छन्।
"घटना दुःखद हो,घटनाको फरक फरक एङ्गलबाट अनुसन्धान जारी छ, म आफै लागिपरेको छु, ढिलो चाँडो पिडितलाई न्याय दिन्छौ-"एसपी खड्काले भने। यता जाहेरी परेका व्यक्तिको पक्राउ र उचित न्यायको प्रत्याभूति नभएसम्म शव नबुझने परिवारका सदस्यले जानकारी दिएका छन्। मृतकको शव अस्पतालमै रहेको छ।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


















