Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बानियाँलाई मत दिन कांग्रेसको 'थ्रि लाइन ह्विप' सँगै एमालेको पनि ह्विप

Screenshot_20250810_09260-1754797355.jpg

२५ साउन, हेटौंडा। साउन २७ गते विश्वासको मत लिने लागेका बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँको पक्षमा  मतदान गर्न कांग्रेसको 'थ्रि लाइन ह्विप' जारी भएसँगै नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले ह्विप जारी गरेको छ। 
कांग्रेस र एमालेको ६४ सांसदको समर्थनमा साउन २० गते बागमतीका मुख्यमन्त्री बनेका  बानियाँलाई विश्वासको मत दिन ह्विप जारी गरेको दलका प्रमुख सचेतक एका लाल श्रेष्ठले जानकारी दिएका छन्। श्रेष्ठले सुचना जारी गर्दै  एमालेका प्रदेश सभा सदस्यलाई अनिवार्य बैठकमा उपस्थित भएर मुख्यमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरिएको उल्लेख गरिएको छ ।
यता नेपाली कांग्रेस संसदीय दलले पनी बानियाँको पक्षमा मतदान गर्न आफ्ना सासंदहरु लाई थ्री लाइन ह्विप जारी गरेको छ। शनिबार मुख्यमन्त्री निवास ललितपुरको भैंसेपाटीमा बसेको संसदीय दलको बैठकले २७ गतेको संसदीय बैठकमा अनिवार्य उपस्थित हुने, तटस्थ नबस्ने र अनिवार्य पक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।
मुख्यमन्त्री बानियाँले मंगलबार दिउँसो ४ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसुची रहेको छ ।११० सदस्य रहेको बागमती प्रदेशसभामा बानियाँलाई विश्वासको मत प्राप्त गर्न ५६ सांसदको समर्थन आवश्यक पर्दछ।

Screenshot_20250810_09261-1754797355.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

थप समाचार