प्रष्टखबर ब्युरो
२७ साउन, हेटौंडा। साउन २० गते बागमती प्रदेशका छैठौं मुख्यमन्त्री नियुक्त भएका इन्द्रबहादुर बानियाँले आज विश्वासको मत लिँदैछन्। अपरान्ह ४ बजेका लागि बोलाइएको बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकारको नेतृत्व गरेका बानियाँले आज नेपालको संविधानको धारा १६८ उपधारा (४) र प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिन लागेका हुन् । कांग्रेसका ३७ र एमालेको २७ गरी ६४ सांसदको समर्थनमा मुख्यमन्त्रीको बनेका बानियाँले २७ गते विश्वासको मत लिन सभाको सचिवालयमा सूची दर्ता गराएका थिए। संविधानको धारा १६८ को उपधारा (२) अनुसार गठित सरकारका मुख्यमन्त्रीले १ महिना भित्र विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ।
कांग्रेसका असन्तुष्ट १४ सासंदले बानियाँलाई मत दिने
विश्वासको मत लिने समय नजिकिदा असन्तुष्ट बनेका निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा निकट १४ सासंदले आफ्ना माग सम्बोधन नभए राजिनामा दिने बताइरहदा अन्ततः बानियाँलाई मत दिन तयार भएको स्रोतले बताएको छ।
१४ सांसदको असन्तुष्टि पार्टी सभापति शेरबहादुर देउवा निवास सम्म पुगेपछि, बानियाँ र लामालाई राखेर मिलाएर जान र बानियाँलाई विश्वासको मत दिन निर्देशन दिएका थिए। लामा निकट सांसदको पहिलो मुद्दा ३ जना सासंदलाई मन्त्री नियुक्त गर्नुपर्ने रहेको थियो। विश्वासको मत दिएपछि माग सम्बोधन हुनेछ र सभापति ज्यूले पनि विश्वसको मत दिनु भन्नुभएकोले सुनिएको विवाद समाधान भएको र वहाँहरुले पनि दलका नेताको पक्षमा मतदान गर्ने बानियाँ निकट एक सांसदले बताएका छन्। यता लामा निकट सासंदले हामी मत दिन्नौ भनेर लामालाई चेतावनी दिइरहेको बुझिएको छ। कांग्रेस संसदीय दलको बैठकले पनि दलका नेता बानियाँलाई विश्वासको मत दिन, तटस्थ नबस्न र बैठकमा अनिवार्य उपस्थिति हुन थ्रि लाइन ह्विप जारी गरिसकेको छ। कांग्रेसको ह्विपसंगै एमालेले पनि बानियाँको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ ।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


















