Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बागमतीका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

Screenshot_20250815_16231-1755254415.jpg

३० साउन, हेटौंडा। इन्द्र बहादुर बानियाँ नेतृत्व बागमती प्रदेशमा नियुक्त भएका ५ जना मन्त्रीले सपथ लिएका छन् ।
बानियाँ नेतृत्वको सरकारमा नेपाली कांग्रेसको ५ जना मन्त्रिले सपथ लिएसँग प्रदेश मन्त्रिपरिषदले पूर्णता पाएको हो । प्रदेशमा कांगेसबाट कन्चन चन्द्र वादे, प्रभात तामाङ, उर्मिला नेपाल, सुरेश श्रेष्ठ र विनु रायमाझी पौडेल मन्त्रि बनेका छन्। उनीहरुलाई बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन्।कांग्रेसका तर्फबाट मन्त्रि बनेका बादेलाई सामाजिक विकास मन्त्रालय, तामाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय,  श्रेष्ठलाई संस्कृति तथा पर्यटन मन्त्रालय, नेपाललाई युवा तथा खेलकुद मन्त्रालय र विनु रायमाझी पौडेललाई सहकारी तथा गरिबी निवारण मन्त्रालय र यस अघि नियुक्त भएका विना विभागीय मन्त्री शिवराज अधिकारीलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ। सपथ ग्रहण कार्यक्रममा सभामुख भुवन कुमार पाठक, मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, बागमती प्रदेशका मन्त्री, बागमती प्रदेशका प्रमुख सचिव भुपाल बराल ,मन्त्रालयका सचिवहरू, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिती रहेको थियो। बानियाँ नेतृत्वको सरकारमा एमालेका ६ र कांग्रेसका एक मन्त्रीले मन्त्रालयको जिम्मेवारी पाइसकेका छन्।

Screenshot_20250815_16455-1755255679.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार