२ भदौ, हेटौंडा । हेटौंडा-६ हात्तिलेटमा रहेको गरिवी निवारण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकारी भवन उद्घाटन भएको छ । बागमती प्रदेशका मूख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै मूख्यमन्त्री बानियाँले सहकारी संस्थाको स्थापनाले समुदायमा रहेको पुँजी परिचालनमार्फत गरिबी निवारणमा टेवा पुगेको बताए । उनले पछिल्लो समय केही सहकारीका कारण यस क्षेत्रबारे नकारात्मक धारणा पैदा भएपनि समग्रमा सहकारी संस्थाले आर्थिक एवं सामाजिक रूपान्तरणमा मद्दत गरेको बताए । उनले बागमती प्रदेश सरकार सहकारी क्षेत्रको प्रवर्द्धनका लागि सधैं सकारात्मक रहेको स्पष्ट पारे ।
सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाको सभाध्यक्षतामा भएको २५ औं साधारणसभा, स्थापना दिवस, रजत जयन्ती, स्मारिका विमोचन एवं भवन उद्घाटन कार्यक्रममा मूख्यमन्त्री बानियाँले संस्थाले प्रकाशन गरेको स्मारिका विमोचन गरेका थिए ।
कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने हेटौंडा ६ नम्बर वडा कार्यालय, संस्थाका संस्थापक अध्यक्ष शिवप्रसाद खनाल, प्रस्तावक अध्यक्ष रामकृष्ण तिवारी, पूर्व अध्यक्ष श्रीराम खतिवडा, निवर्तमान अध्यक्ष पुष्पराज पराजुली, संस्थापक शेयर सदस्यहरू, ज्येष्ठ सदस्यहरू गोपालप्रसाद दुलाल, धनप्रसाद पुडासैनी, कुलप्रसाद दुलाल, चन्द्रप्रसाद खतिवडा, सानीकान्छी भुजेल, असली ऋणी, बचतकर्ता लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा हेटौंडा-६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, संस्थापक अध्यक्ष शिवप्रसाद खनाल, प्रस्तावक अध्यक्ष रामकृष्ण तिवारी, पूर्व अध्यक्ष श्रीराम खतिवडा, आधुनिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटा, संस्थाका उपाध्यक्ष रिपुप्रसाद गौतम, कृष्णप्रसाद दुलाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाबाट आव २०८२/०८३ प्रस्तावित नीति तथा कार्यक्रम, सचिव शरदकुमार श्रेष्ठबाट बार्षिक प्रगति प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक शिवप्रसाद गौतमबाट लेखा प्रतिवेदन प्रस्तुत भएको थियो ।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


















