३ भदौं,हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई मकवानपुरको मनहरी गाउँपालिकाले स्वागत तथा सम्मान गर्ने भएको छ।
गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई पालिकाले स्वगात तथा सम्मान गर्न लागेको बताएका छन् ।
पालिकाले भदौ ४ गते बुधबार गाउँपालिकाको लामिटार सभाहल प्राङ्गणमा सांस्कृतिक कार्यक्रमका साथ मुख्यमन्त्रीको स्वागत र तीज विशेष कार्यक्रमको आयोजना गर्न लागिएको जनाइएको छ ।
मनहरी गाउँपालिकासमेत समेटिएको मकवानपुर क्षेत्र नम्बर २(ख) बाट प्रदेशसभा सदस्य निर्वाचित बानियाँ प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएसँगै गाउँबासीमा समेत उत्साह छाएको भन्दै गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले पालिकाले मुख्यमन्त्रीको बधाई तथा स्वागत कार्यक्रम राखिएको जानकारी दिए । मुख्यमन्त्री नियुक्त भएपछि आफू निर्वाचित क्षेत्रमा पहिलोपटक बानियाँ औपचारिक स्वागत कार्यक्रममा सहभागी हुन लागेका हुन् ।
महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा गाउँपालिकाले हरेक वर्ष विशेष कार्यक्रमको आयोजना गर्दै आइएकोमा यस वर्ष पनि विविध सांस्कृतिक कार्यक्रमका साथ शुभकामना आदानप्रदान गर्न लागिएको अध्यक्ष कालाखेतीले बताए ।
कार्यक्रममा गाउँपालिका क्षेत्रका विभिन्न संघ संस्था, सहकारी, टोल विकास समिति, जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, राजनीतिक दलका महिला समितिका प्रतिनिधिलगायतलाई गाउँपालिकाले तीज विशेष कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । तीज विशेष कार्यक्रममा मनहरीको आस्था कला केन्द्रका कलाकारहरुले विभिन्न तीज गीतमा मौलिक नृत्य प्रस्तुत गर्नुका साथै अन्य सांस्कृतिक कार्यक्रम पनि गरिने जनाइएको छ ।
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२२ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः०० बजे बस्ने भएको हो । बैठकमा राज्य व्यवस्था तथा...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...


















