३ भदौं,हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई मकवानपुरको मनहरी गाउँपालिकाले स्वागत तथा सम्मान गर्ने भएको छ।
गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई पालिकाले स्वगात तथा सम्मान गर्न लागेको बताएका छन् ।
पालिकाले भदौ ४ गते बुधबार गाउँपालिकाको लामिटार सभाहल प्राङ्गणमा सांस्कृतिक कार्यक्रमका साथ मुख्यमन्त्रीको स्वागत र तीज विशेष कार्यक्रमको आयोजना गर्न लागिएको जनाइएको छ ।
मनहरी गाउँपालिकासमेत समेटिएको मकवानपुर क्षेत्र नम्बर २(ख) बाट प्रदेशसभा सदस्य निर्वाचित बानियाँ प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएसँगै गाउँबासीमा समेत उत्साह छाएको भन्दै गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले पालिकाले मुख्यमन्त्रीको बधाई तथा स्वागत कार्यक्रम राखिएको जानकारी दिए । मुख्यमन्त्री नियुक्त भएपछि आफू निर्वाचित क्षेत्रमा पहिलोपटक बानियाँ औपचारिक स्वागत कार्यक्रममा सहभागी हुन लागेका हुन् ।
महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा गाउँपालिकाले हरेक वर्ष विशेष कार्यक्रमको आयोजना गर्दै आइएकोमा यस वर्ष पनि विविध सांस्कृतिक कार्यक्रमका साथ शुभकामना आदानप्रदान गर्न लागिएको अध्यक्ष कालाखेतीले बताए ।
कार्यक्रममा गाउँपालिका क्षेत्रका विभिन्न संघ संस्था, सहकारी, टोल विकास समिति, जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, राजनीतिक दलका महिला समितिका प्रतिनिधिलगायतलाई गाउँपालिकाले तीज विशेष कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । तीज विशेष कार्यक्रममा मनहरीको आस्था कला केन्द्रका कलाकारहरुले विभिन्न तीज गीतमा मौलिक नृत्य प्रस्तुत गर्नुका साथै अन्य सांस्कृतिक कार्यक्रम पनि गरिने जनाइएको छ ।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


















