४ भदौं, हेटौंडा । बागमती प्रदेश सरकारले चट्याङ लागेर मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।
मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलेे मंगलबार दिउँसो चट्याङ लागेर मृत्यु भएका मनहरी गाउँपालिका–६, दैलीडाँडाका विशाल ब्लोनको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने बताएका छन्।
बानियाँका अनुसार प्रदेश विपद् कोषबाट उक्त रकम उपलब्ध गराइने जनाइएको छ। उक्त सहयोग रकम उपलब्ध गराउन प्रक्रिया अगाडी बढाउन प्रमुख सचिव भुपाल बराललाई निर्देशन दिइएको मुख्यमन्त्री बानियाँले बताएका छन् । यतामुख्यमन्त्री बानियाँको निर्देशन अनुसार सचिव बरालले आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् महाशाखा प्रमुख सुरेश खनाललाई आवश्यक कानुनी व्यवस्था अनुसार प्रक्रिया पुरा गर्न र विपद् व्यवस्थापन परिषद तथा विपद् व्यवस्थापन कार्यकारी परिषदको बैठक आह्वान गर्न भनिसकेको बताएका छन् ।
मंगलबार साँझ परेको चट्याङ लागेर मनहरी गाउँपालिका वडा नम्बर ६ हाङलाङमा स्थानीय विशाल ब्लोनको ज्यान गएको थियो भने २ वर्षीया बालिका सहित ७ जना घाइते भएका थिए। सो क्षेत्र मुख्यमन्त्री बानियाँको निर्वाचन क्षेत्र अन्तर्गत पर्दछ।
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...


















