Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मूख्यमन्त्री बानियाँको सहयोगमा मनहरीकी एकल महिलाको घर बन्ने

IMG-20250825-WA0005-1756130800.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले व्यक्तिगत खर्चमा मनहरी गाउँपालिका-९ की एक विपन्न दलित एकल महिलाकाे घर निर्माण गरिदिने भएका छन् । मनहरी-९ की मिठुमाया सुनारकाे घर निर्माणका लागि मुख्यमन्त्री बानियाँले साेमबार मनहरी गाउँपालिका मार्फत २ लाख रुपैयाँकाे चेक हस्तान्तरण गरेका हुन् । मिठु‌माया सुनारको श्रीमान्‌को ५ वर्षअघि नै मृत्यु भएकाे र  निजको एक छोरा संगम सुनारसमेत अपाङ्ग रहेकाे र थाेत्रिएकाे घर बनाउन नसक्दा समस्यामा रहेकाे भनी स्थानीय समाजसेवीहरुकाे सिफारिसमा मनहरी गाउँपालिकाले घर निर्माणका लागि सिफारिस गरेकाे थियाे । मुख्यमन्त्रीकाे सेवा सुविधाबाट प्राप्त हुने रकमबाट आफ्नाे क्षेत्रका विपन्नकाे घर बनाइदिने यसअघि नै घाेषणा गरेका बानियाँले आफूले पाउने सेवा सुविधाबाट खर्च हुने गरी एकल महिलाकाे घर निर्माण गर्न रकम सहयाेग गरेकाे मुख्यमन्त्रीकाे सचिवालयले जनाएकाे छ । 
मनहरीका समाजसेवी प्रकाश वर्ताैला, मकवानपुर उद्याेग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका अध्यक्ष गणेश मानन्धरलगायतकाे राेहाेबरमा वडा कार्यालय र मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले महिलाकाे घर निर्माण गरिदिन गाउँपालिकामार्फत मुख्यमन्त्री बानियाँलाई अनुराेध गरेका थिए । साेमबार मुख्यमन्त्री बानियाँले गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, मनहरी-९ का वडाध्यक्ष राजकुमार श्रेष्ठ, ६ नम्बर वडाध्यक्ष यादव थपलिया लगायतकाे उपस्थितिमा २ लाख रुपैयाँकाे चेक हस्तान्तरण गरेका थिए । 
साे रकमबाट मिठुमायाकाे २ वटा काेठा, एउटा भान्छासहित ट्वाइलेट बाथरुम निर्माण गरिने याेजना बनाइएकाे छ  ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

कांग्रेस महाधिवेशनमा आज मतदान
Screenshot_20261008_06510-1791506837.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791506291.jpg

२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

२२ किलो सुन बरामद
Gold-1791505924.jpg

२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...

थप समाचार