११ भदौ, हेटौंडा । तपाईको मोटरसाइकल र स्कुटरमा इन्धन सक्कियो, इन्धन भर्न जाँदा हेलमेट नलगाई जाने बानी छ भने तपाईले इन्धन हाल्न बाट बञ्चित हुन सक्नुहुनेछ ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले' नो हेलमेट नो इन्धन' अभियानका लागि निर्देशन दिएसंगै तपाईले अब बागमती प्रदेशका पेट्रोल पम्पमा बिने हेलमेट दुई पाङ्ग्रे सवारीमा इन्धन भर्नबाट बञ्चित हुनसक्नुहुनेछ ।
बुधबार मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्री बानियाँले सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक सचेतना अभिवृद्धिका लागि सरोकारवाला निकायलाई यो अभियान संचालनका लागि निर्देशन दिएका छन्।
बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेशका सुरक्षा निकायका प्रमुख, नेपाल आयल निगम र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसनका प्रतिनिधिसंगको बैठकमा उनले सवारी दुर्घटना नियन्त्रणका लागि सबै निकायलाई समन्वयात्मक तरिकाले परिचालित भई प्रभावकारी रुपमा काम गर्न आग्रह गरेका थिए । मुख्यमन्त्री बानियाँले सवारी चालकमा मादक पदार्थ सेवन र लागू पदार्थ सेवन परीक्षणलाई नियमित गर्ने, हेल्मेटको अनिवार्यता कडाइका साथ पालना गर्ने र ‘इन्धनको लागि हेल्मेट अनिवार्य’ अभियानलाई प्रभावकारी ढंगले अघि बढाउने विषयमा जोड दिएका थिए ।
बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारी, मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका प्रमुख सचिव भुपाल बराल, श्रम रोजगार तथा यातायात मन्त्रालयका सचिव बिरेन्द्रकुमार भारती, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी नायब महानिरीक्षक अरुण पौडेल, सशस्त्र प्रहरीका नायब महानिरीक्षक अन्जनीकुमार पोखरेल, पेट्रोलियम डिलर्स एसोसियसन बागमती प्रदेशका अध्यक्ष शुदर्शन कार्की, प्रदेश ट्राफिक कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदी र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र मकवानपुरका प्रहरी निरीक्षक गायत्रीराज शर्मा र बच्चुराम फूयाल लगायत उपस्थिति थियो ।
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...


















