Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

आफ्ना मुद्दाहरूलाई शान्तिपूर्ण ढंगले संयमित भई राख्न आग्रह

IMG_20250908_170359-1757342250.jpg

२३ भदौ, हेटौंडा । बागमती प्रदेश मुख्यमन्त्री कार्यालयमा सोमबार बसेको अन्तरक्रियात्मक बैठकले विभिन्न विषयमा माग राख्दै जेन-जी पुस्ताले गरेको आन्दोलनका क्रममा घट्न गएको अप्रिय घटनाप्रति दुःख व्यक्त गरेको छ । बैठकले दिवंगत भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली एवम् परिवाजनमा गहिरो समवेदना व्यक्त गरेको हो । 
बागमती प्रदेश मुख्यमन्त्री कार्यालयको आयोजनामा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा जिल्ला समन्वय समिति महासंघ, नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेशसमितिबीच भएको अन्तरक्रियात्मक बैठकले आन्दोलनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारका लागि यथाशीघ्र प्रभावकारी कदम चाल्न संघीय सरकारलाई आग्रह गर्दै घाइतेहरूको उपचारका लागि बागमती प्रदेश सरकारको तर्फबाट समेत आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरेको छ । बैठकले आफ्ना मुद्दाहरूलाई शान्तिपूर्ण ढंगले संयमित भई राख्नका लागि सरोकारवाला सबै पक्षसँग बैठक आव्हान गर्ने निर्णय समेत गरेको छ ।
बैठकले प्रदेश सरकार, जिल्ला समन्वय समिति र स्थानीय तहहरूबीच निरन्तर समन्वय र सहकार्यको लागि मुख्यमन्त्री कार्यालयमा समन्वय डेस्क स्थापना गर्ने निर्णय गरिएको छ । त्यस्तै, सुशासन, पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्न प्रदेश सरकार, जिल्ला समन्वय समिति महासंघ, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश समितिबिच निरन्तर समन्वय र सहकार्य गर्ने निर्णय भएको छ ।
बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारी, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बुद्ध लामा, प्रमुख सचिव भुपाल बराल, प्रदेश सचिव रितेश शाक्य, जिसस महासंघ बागमती प्रदेश अध्यक्ष ललित घलान, नगरपालिका संघका प्रदेश संयोजक उपेन्द्र कार्की, गाउँपालिका महासंघका बागमती प्रदेश अध्यक्ष कर्णबहादुर मगरसहित तीनवटै संघ/महासंघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
---------------
यस्तो छ बैठकको निर्णयः 
१. सुशासन, पारदर्शिता र जबाफदेहिता अभिवृद्धि गर्न प्रदेश सरकार, जिल्ला समन्वय समिति महासंघ, नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश समितिबिच निरन्तर समन्वय र सहकार्य गर्ने निर्णय गरियो। 
२. प्रदेश सरकार, जिल्ला समन्वय समिति, स्थानीय तहहरूबिच निरन्तर समन्वय र सहकार्यको लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समन्वय डेस्क स्थापना गर्ने निर्णय गरियो। 
३. आजको बैठक विभिन्न विषयमा माग राख्दै जेन-जी पुस्ताले गरेको आन्दोलनका क्रममा घट्न गएको अप्रिय घटनाप्रति दुःख व्यक्त गर्दै दिवङ्गत हुनु भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली एवम् परिवाजनमा गहिरो समवेदना व्यक्त गर्दछ । साथै आन्दोलनका  क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारका लागि यथाशीघ्र प्रभावकारी कदम चाल्न सङ्घीय सरकारलाई आग्रह गर्दछ। घाइतेहरूको उपचारका लागि बागमती प्रदेश सरकारको तर्फबाट समेत आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछ। साथै आफ्ना मुद्दाहरूलाई शान्तिपूर्ण ढङ्गले संयमित भई राख्नका लागि सरोकारवाला सबै पक्षसँग आव्हान गर्ने निर्णय गरियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार