२३ भदौ, हेटौंडा । बागमती प्रदेश मुख्यमन्त्री कार्यालयमा सोमबार बसेको अन्तरक्रियात्मक बैठकले विभिन्न विषयमा माग राख्दै जेन-जी पुस्ताले गरेको आन्दोलनका क्रममा घट्न गएको अप्रिय घटनाप्रति दुःख व्यक्त गरेको छ । बैठकले दिवंगत भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली एवम् परिवाजनमा गहिरो समवेदना व्यक्त गरेको हो ।
बागमती प्रदेश मुख्यमन्त्री कार्यालयको आयोजनामा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा जिल्ला समन्वय समिति महासंघ, नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेशसमितिबीच भएको अन्तरक्रियात्मक बैठकले आन्दोलनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारका लागि यथाशीघ्र प्रभावकारी कदम चाल्न संघीय सरकारलाई आग्रह गर्दै घाइतेहरूको उपचारका लागि बागमती प्रदेश सरकारको तर्फबाट समेत आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरेको छ । बैठकले आफ्ना मुद्दाहरूलाई शान्तिपूर्ण ढंगले संयमित भई राख्नका लागि सरोकारवाला सबै पक्षसँग बैठक आव्हान गर्ने निर्णय समेत गरेको छ ।
बैठकले प्रदेश सरकार, जिल्ला समन्वय समिति र स्थानीय तहहरूबीच निरन्तर समन्वय र सहकार्यको लागि मुख्यमन्त्री कार्यालयमा समन्वय डेस्क स्थापना गर्ने निर्णय गरिएको छ । त्यस्तै, सुशासन, पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्न प्रदेश सरकार, जिल्ला समन्वय समिति महासंघ, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश समितिबिच निरन्तर समन्वय र सहकार्य गर्ने निर्णय भएको छ ।
बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारी, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बुद्ध लामा, प्रमुख सचिव भुपाल बराल, प्रदेश सचिव रितेश शाक्य, जिसस महासंघ बागमती प्रदेश अध्यक्ष ललित घलान, नगरपालिका संघका प्रदेश संयोजक उपेन्द्र कार्की, गाउँपालिका महासंघका बागमती प्रदेश अध्यक्ष कर्णबहादुर मगरसहित तीनवटै संघ/महासंघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
---------------
यस्तो छ बैठकको निर्णयः
१. सुशासन, पारदर्शिता र जबाफदेहिता अभिवृद्धि गर्न प्रदेश सरकार, जिल्ला समन्वय समिति महासंघ, नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश समितिबिच निरन्तर समन्वय र सहकार्य गर्ने निर्णय गरियो।
२. प्रदेश सरकार, जिल्ला समन्वय समिति, स्थानीय तहहरूबिच निरन्तर समन्वय र सहकार्यको लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समन्वय डेस्क स्थापना गर्ने निर्णय गरियो।
३. आजको बैठक विभिन्न विषयमा माग राख्दै जेन-जी पुस्ताले गरेको आन्दोलनका क्रममा घट्न गएको अप्रिय घटनाप्रति दुःख व्यक्त गर्दै दिवङ्गत हुनु भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली एवम् परिवाजनमा गहिरो समवेदना व्यक्त गर्दछ । साथै आन्दोलनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारका लागि यथाशीघ्र प्रभावकारी कदम चाल्न सङ्घीय सरकारलाई आग्रह गर्दछ। घाइतेहरूको उपचारका लागि बागमती प्रदेश सरकारको तर्फबाट समेत आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछ। साथै आफ्ना मुद्दाहरूलाई शान्तिपूर्ण ढङ्गले संयमित भई राख्नका लागि सरोकारवाला सबै पक्षसँग आव्हान गर्ने निर्णय गरियो।
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...


















