Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

भिमफेदी कारागारमा मध्यरातमा झडप, २६० कैदी भागे

Screenshot_20250910_07112-1757467780.jpg

२५ भदौ, हेटौँडा। मकवानपुरकाे भिमफेदीमा रहेको क्षेत्रीय कारागार भीमफेदीबाट २६० जना कैदीबन्दी फरार भएका छन्।
मध्य रातमा  कारागारकाे ‘क’ ब्लकमा रहेका ५०० बढी  केदीबन्दीहरूले तीन वटा गेट फुटाउने  प्रयास गर्दा कारागार सुरक्षार्थ खटेको सशस्त्र प्रहरी र प्रहरीले हवाई फायर गरेको थियो।हवाई फायर गर्दा पनि कैदीबन्दीले कारागारकाे पश्चिम तर्फकाे पर्खाल भत्काएर भागेका हुन् ।उक्त ब्लकमा ५ सय भन्दा बढी कैदीबन्दी रहेकाेमा करिब २६० भागेको र अरूलाई  नियन्त्रणमा लिएर फर्काइएकाे थियो ।
सुरक्षाकर्मी र कैदीबन्दीबीच लगातार ४ घण्टासम्म झडप समेत भएको बुझिएको छ। झडपमा प्रशासनको बा १ झ ३६३४ नम्बरको जिपमा पनि तोडफोड भएको छ। कार्यालयको फर्निचर, कम्प्युटर लगायतका सामान सबै जलेर नष्ट भएको छ। झडप सुरु भए लगत्तै नेपाली सेना कारागार पुगेको थियो।झडपमा सेनाले चलाएकाे गाेली लागेर दुई जना कैदीबन्दी घाइते भएका छन् । उनीहरूकाे हेटाैंडा अस्पतालमा उपचार भइरहेकाे छ । कारागारकाे गाडी लिएर भाग्ने क्रममा टायरमा गाेली चलाउँदा कैदीबन्दीलाई लागेको जनाइएको छ ।कैदीबन्दीहरूले कारागारमा ताेडफाेड र आगजनी समेत गरेका छन् ।  कारागारकाे अर्काे ‘ख’ ब्लक भने सुरक्षित रहेकाे कारागार प्रमुख पाैडेलले बताएका छन्।स्थिती नियन्त्रणमा लिन सेनाले २०० बढी हवाई फायर गरेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार