५ असोज, हेटौंडा। पछिल्लो ३७ घण्टादेखि मुग्लिन नारायणगढ सडकखण्ड ठप्प छ । सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुइनखोला पुल नजिक ठूलो पहिरो खस्दा शुक्रबार साँझ ६ बजेर ३० मिनेटबाट अवरुद्ध आइतबार बिहानसम्म पनि संचालनमा आउन सकेको छैन ।
शनिबार दिनभर पहिरो हटाउन सडक डिभिजन कार्यालय भरतपुरबाट मुग्लिन तर्फ २ ओटा लोडर र एउटा एक्साभेटर, नारायणगढ तर्फ एक एक ओटा लोडर र एक्साभेटर प्रयोग गरेपनि पहिरो नरोक्किदा बाटो खुलाउन सम्भव नभएको प्रहरीले जनाएको छ । सडक खण्डमा सयौ सवारी जाममा परेका छन्। रातभरका यात्रु र सडकको वस्तुअवस्था बुझ्न चितवनका सिडिओ गणेश अर्याल र प्रहरी प्रमुख एसपी गोविन्द पुरीको टोली घटनास्थल पुगेको थियो । घटनास्थल पुगेका सुरक्षानिकायको टोलीले यात्रुलाई विस्कुट, चाउचाउ पानी वितरण गरेको थियो। यता सडक डिभिजन कार्यालयका सुपरभाइजर ईश्वर क्षेत्रीले पहिरो नखसे अपरान्ह सम्म सडक संचालनमा ल्याइने जानकारी दिएका छन्। मुग्लिन नारायणगढ ठप्प हुदा मकवानपुर भएर काठमाडौं जाने सवारीको चाप बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बच्चुराम फूयालले बताएका छन् । मकवानपुर भएर त्रिभुवन राजपथ, कान्तिलोकपथ, भिमफेदी फाखेल, सिस्नेरि सडकखण्डमा सवारी चाप बढेको र सवारी चापलाई मध्यनजर गरेर ट्राफिक व्यवस्थापन गरिएको जनाइएको छ।
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...


















