Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रदेश समन्वय परिषद बैठक यथाशीघ्र बोलाउने बागमतीका मूख्यमन्त्रीको प्रतिवद्धता

IMG-20250925-WA0002-1758792628.jpg

९ असोज, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश समन्वय परिषदको बैठक यथाशीघ्र बोलाउने प्रतिवद्धता जनाएका छन् ।
प्रदेश समन्वय परिषद बैठकको माग गर्दै गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघ बागमती प्रदेश समितिको ज्ञापनपत्र बुझ्दै मूख्यमन्त्री बानियाँले संघ/महासंघले उठाएका विषयहरुलाई सम्बोधन गर्न यथाशिघ्र प्रदेश समन्वय बैठक बोलाउने प्रतिवद्धता जनाएका हुन् । 
ज्ञापनपत्रमा प्रदेश समन्वय परिषदको बैठक यथाशिघ्र बोलाई वर्तमान परिस्थितिको समीक्षा गर्दै प्रदेश र स्थानीय सरकारबीचको प्रभावकारी अन्तरसम्बन्ध र सहकार्य, जेन–जी प्रर्दशनका क्रममा भएको क्षतिको समीक्षा गर्दै पुननिर्माण तथा पुनर्स्थापना योजना निर्माण, चालु आव २०८२/०८३ का स्वीकृत योजना तथा कार्यक्रमको कार्यान्वयन सम्बन्धमा छलफल गरिनुपर्ने उल्लेख छ ।
त्यस्तै, बैठकमा क्षतिग्रस्त स्थानीय सरकार र जिल्ला समन्वय समितिका संरचनाहरूको अस्थायी व्यवस्था गरी सेवा प्रवाहलाई सुचारु गर्नका लागि सहजीकरण गर्न विकास साझेदार निकायहरू र प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम (पिएलजिएसपी) लगायतका स्रोतसाधनलाई प्रभावकारी उपयोग गर्न प्रदेश निर्देशक समितिको बैठक गरी उचित निर्णय लिनुपर्ने, राष्ट्रिय समन्वय परिषदको तत्काल बैठक आव्हान गर्न प्रधानमन्त्रीलाई अनुरोध गर्ने र प्रदेश समन्वय परिषदको तर्फबाट राष्ट्रिय समन्वय परिषदमा पेश गर्नुपर्ने एजेण्डाहरुको बारेमा छलफल हुनपर्ने जनाईएको छ ।
संघ/महासंघले पछिल्लो समय स्थानीय सरकारका जनप्रतिनिधिलाई धम्की आईरहेकाले शान्तिसुरक्षा र सुव्यवस्था कायम गर्नुका साथै स्थानीय सरकारका जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरूलाई भयरहित रूपमा सेवा प्रवाहलाई सुचारु गर्न विश्वस्त वातावरण तयार गर्नुपर्ने, जेन–जी प्रर्दशनका क्रममा आगजनी, तोडफोड, चोरी, लुटपाट गर्ने, धाकधम्की दिने कार्यमा संलग्नहरूलाई अनुसन्धान गरी कानुनी कारबाहीको दायरामा ल्याईनुपर्ने, स्थानीय सरकारलाई प्राप्त हुने समानिकरण अनुदानका साथै जिल्ला समन्वय समितिलाई प्राप्त हुने अनुदान कटौति नहुने बिषय सुनिश्चित गरिनुपर्ने माग गरेका छन् ।
संघ/महासंघले जेन–जी प्रदर्शनका क्रममा दुःखद निधन भएकाप्रति श्रद्धाञ्जली एवं शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । घाइतेहरुको निःशुल्क र प्रभावकारी उपचारको प्रबन्ध गर्न सम्बन्धित पक्षसंग माग समेत गरिएको छ । संघ/महासंघ जेन–जी प्रदर्शनमार्फत अभिव्यक्त भ्रष्टाचारको अन्त्य, सुशासनको प्रत्याभूति तथा युवाहरूको शासन व्यवस्थामा सहभागिता जस्ता जायज मागमा समर्थन जनाएका छन् ।
कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेश अध्यक्ष कर्णबहादुर मगर, जिल्ला समन्वय समिति महासंघ बागमती प्रदेश अध्यक्ष ललित घलान, सचिव सानुकाजी लुईटेल, सहसचिव तारा ढुंगाना लगायतको उपस्थिति रहेको थियो ।

IMG_20250925_140215_edit_-1758792666.jpg
IMG_20250925_140230_edit_-1758792667.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार