९ असोज, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश समन्वय परिषदको बैठक यथाशीघ्र बोलाउने प्रतिवद्धता जनाएका छन् ।
प्रदेश समन्वय परिषद बैठकको माग गर्दै गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघ बागमती प्रदेश समितिको ज्ञापनपत्र बुझ्दै मूख्यमन्त्री बानियाँले संघ/महासंघले उठाएका विषयहरुलाई सम्बोधन गर्न यथाशिघ्र प्रदेश समन्वय बैठक बोलाउने प्रतिवद्धता जनाएका हुन् ।
ज्ञापनपत्रमा प्रदेश समन्वय परिषदको बैठक यथाशिघ्र बोलाई वर्तमान परिस्थितिको समीक्षा गर्दै प्रदेश र स्थानीय सरकारबीचको प्रभावकारी अन्तरसम्बन्ध र सहकार्य, जेन–जी प्रर्दशनका क्रममा भएको क्षतिको समीक्षा गर्दै पुननिर्माण तथा पुनर्स्थापना योजना निर्माण, चालु आव २०८२/०८३ का स्वीकृत योजना तथा कार्यक्रमको कार्यान्वयन सम्बन्धमा छलफल गरिनुपर्ने उल्लेख छ ।
त्यस्तै, बैठकमा क्षतिग्रस्त स्थानीय सरकार र जिल्ला समन्वय समितिका संरचनाहरूको अस्थायी व्यवस्था गरी सेवा प्रवाहलाई सुचारु गर्नका लागि सहजीकरण गर्न विकास साझेदार निकायहरू र प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम (पिएलजिएसपी) लगायतका स्रोतसाधनलाई प्रभावकारी उपयोग गर्न प्रदेश निर्देशक समितिको बैठक गरी उचित निर्णय लिनुपर्ने, राष्ट्रिय समन्वय परिषदको तत्काल बैठक आव्हान गर्न प्रधानमन्त्रीलाई अनुरोध गर्ने र प्रदेश समन्वय परिषदको तर्फबाट राष्ट्रिय समन्वय परिषदमा पेश गर्नुपर्ने एजेण्डाहरुको बारेमा छलफल हुनपर्ने जनाईएको छ ।
संघ/महासंघले पछिल्लो समय स्थानीय सरकारका जनप्रतिनिधिलाई धम्की आईरहेकाले शान्तिसुरक्षा र सुव्यवस्था कायम गर्नुका साथै स्थानीय सरकारका जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरूलाई भयरहित रूपमा सेवा प्रवाहलाई सुचारु गर्न विश्वस्त वातावरण तयार गर्नुपर्ने, जेन–जी प्रर्दशनका क्रममा आगजनी, तोडफोड, चोरी, लुटपाट गर्ने, धाकधम्की दिने कार्यमा संलग्नहरूलाई अनुसन्धान गरी कानुनी कारबाहीको दायरामा ल्याईनुपर्ने, स्थानीय सरकारलाई प्राप्त हुने समानिकरण अनुदानका साथै जिल्ला समन्वय समितिलाई प्राप्त हुने अनुदान कटौति नहुने बिषय सुनिश्चित गरिनुपर्ने माग गरेका छन् ।
संघ/महासंघले जेन–जी प्रदर्शनका क्रममा दुःखद निधन भएकाप्रति श्रद्धाञ्जली एवं शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । घाइतेहरुको निःशुल्क र प्रभावकारी उपचारको प्रबन्ध गर्न सम्बन्धित पक्षसंग माग समेत गरिएको छ । संघ/महासंघ जेन–जी प्रदर्शनमार्फत अभिव्यक्त भ्रष्टाचारको अन्त्य, सुशासनको प्रत्याभूति तथा युवाहरूको शासन व्यवस्थामा सहभागिता जस्ता जायज मागमा समर्थन जनाएका छन् ।
कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेश अध्यक्ष कर्णबहादुर मगर, जिल्ला समन्वय समिति महासंघ बागमती प्रदेश अध्यक्ष ललित घलान, सचिव सानुकाजी लुईटेल, सहसचिव तारा ढुंगाना लगायतको उपस्थिति रहेको थियो ।
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२२ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः०० बजे बस्ने भएको हो । बैठकमा राज्य व्यवस्था तथा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...


















