२६ फागुन, हेटौँडा । ३ नम्बर प्रदेशकी उपसभामुख राधिका तामाङले कर्मचारी अभावमा प्रदेशसभा बैठक संचालन गर्न समस्या परेको गुनासो गरेकी छिन् ।
तामाङ सञ्चार समूह मकवानपुरको दोस्रो अधिवेशनको शनिबार हेटौडामा उद्घाटन गर्दै उनले कर्मचारी आउन नमानेका कारण प्रदेशसभा संचालनमा कठिनाई भईरहेको बताईन् । उनले सभामुख र उपसभामुख दुबैले कर्मचारी खोज्दै सिंहदरबार धाउनु परेको गुनासो गरिन् । प्रदेशको राजधानी र नामकारणको काम यथाशिघ्र टुंग्याउनुपर्नेमा जोड दिंदै उनले यो अन्यौलताले पनि कर्मचारी आउन आनाकानी गरिरहेको बताईन् ।
उनले दक्ष जनशक्ति अभावले संसद अघि बढ्न नसकेको भन्दै यसतर्फ संघीय सरकारले गम्भिरतापूर्वक चासो दिनुपर्नेमा जोड दिईन् । ऐन कानून निर्माणको चाप रहेको भन्दै यथाशिघ्र प्रदेशसभा बैठक संचालन गर्नुपर्ने उनको भनाई थियो । उनले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि बैठक बोलाउने बताउँदै सबैको सहयोगमा मात्रै प्रदेश सरकारले काम गर्न सक्ने बताईन् ।
कार्यक्रममा ३ नम्बर प्रदेश नेकपा माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान, प्रदेशसभा सदस्य ओम घलान, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, १२ नम्बर वडाका वडाध्यक्ष ललित घलान, नेपाल पत्रकार महासंघका अध्यक्ष हरि हुमागाई, तामाङ सञ्चार समूहका केन्द्रीय महासचिव विष्णु मोक्तान, नेपाल तामाङ घेदुङ संघ मकवानपुरका अध्यक्ष लिलाराज घलान, शक्ति समूहका अस्मिता तामाङ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
समूह मकवानपुरकी अध्यक्ष दुदुमाया सिन्तानको सभाध्यक्षतामा भएको अधिवेशनमा उपसभामुख राधिका तामाङ, प्रदेशसभा सदस्य कुमारी मोक्तान, ओम घलान, भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, इन्द्रसरोवर गाउँपालिका अध्यक्ष जीवन लामा, कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तान र बाग्मती गाउँपालिका अध्यक्ष सर्केश घलानलाई सम्मान गरिएको थियो ।
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...


-1792888897.jpg)










-nepal-1792111426.jpg)




