१८ असोज, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विशेष सतर्कता अपनाउन प्रदेशवासीलाई अनुरोध गरेका छन् ।
जल तथा मौसम विज्ञान विभाग (मौसम पूर्वानुमान महाशाखा) को पूर्वानुमान अनुसार असोज २० गतेसम्म बागमती प्रदेशभित्रका ठूला नदीनालाहरू लगायत अन्य प्रदेश हुँदै बागमती प्रदेश तर्फ बहने ठूला तथा तिनका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने र खतरा तह आसपास पुग्न सक्ने उच्च जोखिम रहेको उल्लेख गर्दै बानियाँले विपदमा विशेष सतर्कता अपनाउन, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, आफ्नो बसोबासको क्षेत्र वरपर हुनसक्ने जोखिमबाट सतर्क रहन, लामो यात्रा नगर्न सम्पूर्ण प्रदेशवासीलाई अनुरोध गरेका छन् ।
यस प्रदेशका महाभारत, चुरे भई बहने स-साना नदीनालाहरूमा आकस्मिक बहावको सम्भावना रहेको, पहिरो जान सक्ने, डुबान हुन सक्नेसम्मको उच्च सम्भावना रहेको भन्दै अत्यावश्यक अवस्थामा सम्बन्धित स्थानीय तह तथा प्रदेश सरकारको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन महाशाखाको विपद् फोकल पर्सनलाई ९८५१२५३६२६ मा सम्पर्क गरी तथा सुरक्षाका अन्य सबै निकायहरूमा तत्काल जानकारी गराउन अनुरोध गरेका छन् ।
प्रदेश सरकारले जनधनको क्षति हुन नदिन तथा सम्भावित जोखिमलाई कम गर्न पूर्व तयारी गरेको र प्रदेश सरकार प्रमुखको हैसियतले उद्धार तथा राहतका लागि आवश्यक सुरक्षा लगायतका प्रबन्ध गर्न निर्देशन दिइसकिएको बानियाँले जनाएका छन् ।
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...


















