१८ असोज, हेटौंडा । बागमती प्रदेशमा हुन सक्ने विपदलाई लक्षित गरेर प्रदेश सरकारले उच्च सतर्कता अपनाउँदै ‘युनिफाइड कमान्ड टिम’ गठन गरेको छ ।
शनिबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको आकस्मिक बैठकले आन्तरिक मामिला तथा कानून मन्त्री शिवराम अधिकारीको संयोजकत्वमा भौतिक पूर्वाधार, आर्थिक मामिला, खानेपानी–सिँचाइ र वन तथा वातावरण मन्त्रीहरूलाई समावेश गर्दै द्रुत प्रतिकार्य टोली गठन गरेको छ । मुख्यमन्त्री बानियाँले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच समन्वय गरी ‘युनिफाइड कमान्ड टिम’ बनाएको जानकारी दिँदै कुनै पनि बेला विपद् परे तत्काल उद्धार र राहतका काम सुरु बताए । यस टोलीलाई विपद्को समयमा स्रोत–साधन परिचालन, उद्धार कार्यमा समन्वय र तत्काल निर्णय लिन जिम्मेवारी दिइएको उनको भनाई छ ।
मुख्यमन्त्री बानियाँले सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, काभ्रेपलाञ्चोक, धादिङ, ललितपुर, दोलखा र रामेछाप जिल्लामा विशेष सतर्कता अपनाउन निर्देशन दिएका छन् ।
बैठकले जोखिममा रहेका विद्यालय, स्वास्थ्य चौकी र सरकारी भवन वरिपरिको जमिनमा माटो कटान नियन्त्रण गर्ने कार्य अघि बढाउने निर्णय पनि गरेको छ। विद्यालय क्षेत्रमा सम्भावित जोखिम न्यूनीकरणका लागि शिक्षक र विद्यार्थीमार्फत सचेतना अभियान चलाउने तयारी भइरहेको जानकारी दिइएको थियो ।
यस्तै प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ‘जिल्ला विपद् व्यवस्थापन समिति’ सक्रिय बनाउने निर्णय गरिएको छ भने समितिहरू अन्तर्गत सेना, प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस र स्थानीय स्वयंसेवक परिचालन गरिनेछ ।
बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री अधिकारीले विपद् व्यवस्थापन कोषबाट तत्काल रकम प्रयोग गर्न सकिने जानकारी दिए । यस्तै आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले आवश्यक परे थप स्रोत परिचालन गर्न तयार रहेको उल्लेख गर्दै राहत सामग्री खरिद र ढुवानीका लागि तत्काल बजेट विनियोजन गर्न सकिने बताए ।
भौतिक पूर्वाधार मन्त्री डा. देवकोटाले प्रदेश अन्तर्गतका प्रमुख राजमार्ग र ग्रामीण सडकमा पहिरो हटाउन हेभी इक्विपमेन्ट तयारी अवस्थामा राखिएको जानकारी दिए । विशेषगरी हेटौँडा-काठमाडौँ, हेटौँडा-भीमफेदी-कुलेखानी र सिंक्ले-काभ्रे सडकखण्डलाई ध्यान दिइएको देवकोटाको भनाई छ ।
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...


















