Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

भिमफेदी कुलेखानी-फाखेल र त्रिभुवन राजपथ संचालनमा

Screenshot_20251006_08155-1759717916.jpg

सिस्नेरिको पहिरो हटाउन प्रयोग भएको जेसिवि

२० असोज, हेटौंडा। शनिबारको अविरल वर्षाका कारण पहिरो जाँदा अवरुद्ध बनेको मकवानपुर हुदै काठमाडौँ जाने तीनओटा सडक संचालनमा रहेका छन्।
पहिरो हटाएपछि भिमफेदी कुलेखानी फाखेल सडकखण्ड, त्रिभुवन राजपथ  संचालनमा रहेको मकवानपुर प्रहरीले जनाएको छ । पहिरोले फाखेल सडकखण्डको महालक्ष्मी खोला, कलङ्की  सडकखण्ड अवरुद्ध बनाएको थियो। पहिरो हटाएरसंगै शनिबार, आइतबार हेटौंडामा होल्ड गरिएका सवारीलाई गन्तव्यमा पठाउने काम सुरु गरिएको जनाइएको छ । सिस्नेरी दक्षिणकाली सडकखण्ड भने अवरुद्ध नै रहेको छ। सडकखण्डको सिस्नेरि बजारमा ढुङ्गा माटो सहितको पहिरो खसेको छ। पहिरो हटाएर सडकखण्ड आज दिनभरीमा खुलाउने प्रयास भइरहेको जनाइएको छ ।

यता कान्तिलोकपथ अन्तर्गत बकैया ११ सिमात घुम्तीमा पहिरो खस्दा बाटो अवरुद्ध बनेको छ। सिमात घुम्ती, जितपुर भञ्ज्याङ, वगुवा लगायतका स्थानमा पहिरो जाँदा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध बनेको छ। पूर्व पश्चिम राजमार्ग भने पूर्ण रुपमा संचालनमा रहेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार