Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कान्तिलोकपथ एकतर्फी सञ्चालनमा

IMG_20251006_151946-1759748636.jpg

एकतर्फी संचालन पछि गुडेका सवारी

२० असोज, हेटौंडा। अविरल वर्षाका कारण अवरुद्ध भएको हेटौँडा–काठमाडौं जोड्ने कान्ति लोकपथ  सञ्चालनमा आएको छ ।बकैया गाउँपालिका–११ घट्टेपाखा सिमात घुम्तीमा गएको ठूलो पहिरो पन्छाएपछि सोमबार दिउँसो ३ बजेबाट लोकपथ एकतर्फी सञ्चालनमा ल्याइएको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार साँझसम्म लोकपथ पूर्णरूपमा सञ्चालनमा आउने तयारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठसहित सुरक्षाका प्रमुखहरू सोमबार बिहानै पहिरो प्रभावित क्षेत्रमा पुगेर अनुगमन र व्यवस्थापन कार्यमा संलग्न भएका थिए । 
गत शुक्रबार रातिदेखिको लगातार वर्षाले कान्ति लोकपथका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। प्रशासनका अनुसार ठिंगनदेखि बगुवा खोलासम्म खसेका तीनवटा ठूला पहिरोहरू शुक्रबार नै पन्छाइएका थिए भने आज हेटौँडादेखि बगुवा खोलासम्मका साना–ठूला गरी आधा दर्जनभन्दा बढी पहिरोहरू पनि हटाइएका छन्।प्रमुख जिल्ला अधिकारी श्रेष्ठले हेटौँडाबाट काठमाडौं जोड्ने सबै मार्ग सञ्चालनमा आइसकेको जानकारी दिँदै जोखिम कायम रहेकोले चालकहरूलाई सतर्कता अपनाउन भनिएको बताइन । कान्ति लोकपथ सञ्चालनमा आएसँगै हेटौँडा–काठमाडौं आवतजावतमा सहजता आउने अपेक्षा गरिएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार