Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मूख्यमन्त्री पौडेलद्वारा विज्ञहरुसँग परामर्श

cm1-1520696130.jpg

२६ फागुन, हेटौँडा । प्रदेश नम्बर ३ को विकास तथा आगामी कार्ययोजना, नीति तथा कार्यक्रमका विषयमा ‘भिजन पेपर’ निर्माणको लागि हेटौँडामा विज्ञहरुसँग परामर्श गरिएको छ । 
मुख्यमन्त्री डोरमणी पौडेलको पहलमा भएको छलफल तथा अन्तरक्रियामा विषयगत विज्ञहरुले आफ्नो धारणा ब्यक्त गरेका थिए । प्रदेश नम्बर ३ को विकासको लागि आवश्यक विषय, आर्थिक स्रोतको पहिचान सहित पर्यटन, कृषि, उद्योग, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रबारे परामर्श भएको हो । 
बैठकमा अर्थ विज्ञ चन्द्रमणी अधिकारी, डा. पुष्प कंडेल, कानुनका रमेश बडाल, परशुराम उपाध्याय, योजना निर्माणका शुशिल ज्ञावली, ज्ञानेन्द्र श्रेष्ठ, प्रकाश श्रेष्ठ, पर्यटनमा अनिल लामासहित विज्ञहरु गोविन्द घिमिरे, आनन्द पोखरेल, मिलन घिमिरे र डा. तिलचन्द्र भट्टराईले विषयगत रुपमा योजना र नीति तथा कार्यक्रमको विषयमा धारणा ब्यक्त गरेका थिए ।
बैठकमा शुरुको ३ महिनाको लागि बनाईने नीति तथा कार्यक्रमको विषयमा छलफल तथा आउँदो आर्थिक वर्षको लागि जेठमा प्रस्तुत हुने नीति तथा कार्यक्रममा समावेश गर्न सकिने विषयबस्तुबारे समेत छलफल भएको थियो । छोटो समयमा नै गर्न सकिने विकास तथा दिर्घकालिन समयमा हुने विकासको विषयमा समेत छलफल भएको थियो । बैठकमा मुख्यमन्त्री पौडेलले अवको १० दिन भित्र सम्बन्धित मन्त्रालयलाई नीति तथा कार्यक्रममा समावेश गर्ने विषयको बारेमा प्रतिवेदन तयार पार्न र मन्त्रालयलाई आवश्यक विज्ञको टोली निर्माण गर्न समेत निर्देशन दिएका छन् । 
मुख्यमन्त्री पौडेलले केन्द्रीय सरकारले समेत पाँच वर्षमा अधिकतम विकास निर्माणको काम गर्ने लक्ष्य लिएको सन्र्दभमा आफुहरु पनि पाँच वर्षभित्र जनताले देख्ने, महशुस गर्ने गरि विकासको लहर ल्याउने अठोटको साथ काम अघि बढाउने बताए । उनले समृद्धिको यो अभियानमा सबैलाई सहयोग गर्न समेत आग्रह गरे ।
छलफलमा प्रदेश मन्त्रीहरु, प्रदेशतहका उच्च पदस्त कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार