Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चुच्चेखोला स्थित कामधेनुको साधारणसभा सम्पन्न

Screenshot_20251011_15321-1760176202.jpg

२५ असोज, हेटौंडा। हेटौँडा-६ चुच्चेखोलामा रहेको कामधेनु बहुद्देश्यीय सहकारी संस्थाले २७ औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ। 

सहकारीका अध्यक्ष उदय विडारीको सभाध्यक्षता भएको साधारणसभाको हेटौंडा वडा नम्बर ६ का वडाध्यक्ष विष्णु बहादुर दाहालले उदघाटन गरेका थिए। कार्यक्रममा हेटौडा ६ का निवर्तमान अध्यक्ष अर्जुन प्रसाद चौलागाईं ,जनकल्याण बचत तथा ऋण सहकारीका अध्यक्ष हिमाल पौडेल,हेटौंडा-६ का वडा सदस्य विजय पौडेल,सहकारीका संस्थापक अध्यक्ष बासुदेव सापकोटा,नौलो विहानी कृषि ऋण सहकारी संस्थाका उपाध्यक्ष जयराम घिमिरे ,रानी सामुदायिक वन उपभोक्त समूह अध्यक्ष केशव धिताल,चुच्चेखोला सामुदायिक वन उपभोक्त समूह अध्यक्ष लक्ष्मण कटुवाल, नारी चेतना वचत तथा ऋण सहकारीका अध्यक्ष राधिका गौतम,सहकारीका सल्लाहकार गौरव पराजुली लगायत सहकारीका सेयर सदस्यहरुको उपस्थिति रहेको थियो। 
२७ औं साधारणसभामा सहकारीका  अध्यक्ष उदय विडारीले संस्थाको संस्थागत प्रतिवेदन,लेखा सुपरिवेक्षण समितिका संयोजक पूर्णभद्र चौलागाईले आर्थिक वर्ष २०८१|८२ को लेखा परीक्षणको प्रतिवेदन र चालु आर्थिक वर्षको अनुमानित आय तथा व्ययको विवरण प्रस्तुत गरेका थिए।
ॠण उप समितिका संयोजक केशव धितालले ऋण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए।  त्यसैगरी खुत्रुके बचत उप समितिका सदस्य गोमा काफ्लेले  खुत्रुके बचत उप समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए। संस्थाले आफ्नो साधारणसभामा सम्मान कार्यक्रमलाई पनि निरन्तरता दिएको छ। संस्थाले  संस्थापक शेयर सदस्य लक्ष्मण सापकोटा, रामप्रसाद सापकोटा, एकल महिला सेयर सदस्य तर्फ रुद्रकुमारी सापकोटालाई दोसल्ला र नगद  सहित सम्मान गरेको छ। संस्थाले  ज्येष्ठ शेयर सदस्य सम्मान तर्फ 
रामप्रसाद गौतम, हिरादेवी तिमल्सिना लाई दोसल्ला ओढाई सम्मान गरिएको छ। संस्थाले अघिल्लो वर्ष सम्पन्न निर्वाचन समितिलाई पनि सम्मान गरेको छ। नयाँ नेतृत्वका लागि भएको निर्वाचनका संयोजक हिमाल पौडेल,सदस्य रुपेश दुलाल र सदस्य राधिका गौतमलाई सम्मान गरेको छ ।
त्यसैगरी बढि व्याज बुझाउने गंगादेवी धिताल,बढि सेवा शुल्क बुझाउने भावना श्रेष्ठ र  खुत्रुके बढी रकम जम्मा गर्ने सान्वी दलाललाई पनि सम्मान गरिएको छ। यस वर्ष संस्थाले पत्रकार सम्मान तर्फ गोरखापत्र दैनिकका मकवानपुर संवाददाता तथा अनिरुद्र खबरका सम्पादक अनिल पराजुलीलाई नगद सहित प्रशंसापत्रले सम्मान गरेको छ। 
त्यसैगरी व्यवसायी तर्फ उत्तमकुमार श्रेष्ठ, एसईई सम्मान तर्फ छात्रामा शिक्षा दुलाल, छात्रतर्फ कौशल पुडासैनी पनि दोसल्ला प्रमाणपत्रले सम्मान गरेको छ।यस वर्ष जोडी शेयर सदस्य तर्फ राज् गौतम र अनिसा पुडासैनीलाई सम्मान गरेको छ ।सहकारीले आर्थिक बर्ष २०८१|८२  मा ४ करोड ५ लाख  रुपैंयाको कारोबार गरेको छ। २०५५ सालमा स्थापना भएको सहकारीमा ६६८ सेयर सदस्यहरु रहेका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार