Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

चुच्चेखोला स्थित कामधेनुको साधारणसभा सम्पन्न

Screenshot_20251011_15321-1760176202.jpg

२५ असोज, हेटौंडा। हेटौँडा-६ चुच्चेखोलामा रहेको कामधेनु बहुद्देश्यीय सहकारी संस्थाले २७ औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ। 

सहकारीका अध्यक्ष उदय विडारीको सभाध्यक्षता भएको साधारणसभाको हेटौंडा वडा नम्बर ६ का वडाध्यक्ष विष्णु बहादुर दाहालले उदघाटन गरेका थिए। कार्यक्रममा हेटौडा ६ का निवर्तमान अध्यक्ष अर्जुन प्रसाद चौलागाईं ,जनकल्याण बचत तथा ऋण सहकारीका अध्यक्ष हिमाल पौडेल,हेटौंडा-६ का वडा सदस्य विजय पौडेल,सहकारीका संस्थापक अध्यक्ष बासुदेव सापकोटा,नौलो विहानी कृषि ऋण सहकारी संस्थाका उपाध्यक्ष जयराम घिमिरे ,रानी सामुदायिक वन उपभोक्त समूह अध्यक्ष केशव धिताल,चुच्चेखोला सामुदायिक वन उपभोक्त समूह अध्यक्ष लक्ष्मण कटुवाल, नारी चेतना वचत तथा ऋण सहकारीका अध्यक्ष राधिका गौतम,सहकारीका सल्लाहकार गौरव पराजुली लगायत सहकारीका सेयर सदस्यहरुको उपस्थिति रहेको थियो। 
२७ औं साधारणसभामा सहकारीका  अध्यक्ष उदय विडारीले संस्थाको संस्थागत प्रतिवेदन,लेखा सुपरिवेक्षण समितिका संयोजक पूर्णभद्र चौलागाईले आर्थिक वर्ष २०८१|८२ को लेखा परीक्षणको प्रतिवेदन र चालु आर्थिक वर्षको अनुमानित आय तथा व्ययको विवरण प्रस्तुत गरेका थिए।
ॠण उप समितिका संयोजक केशव धितालले ऋण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए।  त्यसैगरी खुत्रुके बचत उप समितिका सदस्य गोमा काफ्लेले  खुत्रुके बचत उप समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए। संस्थाले आफ्नो साधारणसभामा सम्मान कार्यक्रमलाई पनि निरन्तरता दिएको छ। संस्थाले  संस्थापक शेयर सदस्य लक्ष्मण सापकोटा, रामप्रसाद सापकोटा, एकल महिला सेयर सदस्य तर्फ रुद्रकुमारी सापकोटालाई दोसल्ला र नगद  सहित सम्मान गरेको छ। संस्थाले  ज्येष्ठ शेयर सदस्य सम्मान तर्फ 
रामप्रसाद गौतम, हिरादेवी तिमल्सिना लाई दोसल्ला ओढाई सम्मान गरिएको छ। संस्थाले अघिल्लो वर्ष सम्पन्न निर्वाचन समितिलाई पनि सम्मान गरेको छ। नयाँ नेतृत्वका लागि भएको निर्वाचनका संयोजक हिमाल पौडेल,सदस्य रुपेश दुलाल र सदस्य राधिका गौतमलाई सम्मान गरेको छ ।
त्यसैगरी बढि व्याज बुझाउने गंगादेवी धिताल,बढि सेवा शुल्क बुझाउने भावना श्रेष्ठ र  खुत्रुके बढी रकम जम्मा गर्ने सान्वी दलाललाई पनि सम्मान गरिएको छ। यस वर्ष संस्थाले पत्रकार सम्मान तर्फ गोरखापत्र दैनिकका मकवानपुर संवाददाता तथा अनिरुद्र खबरका सम्पादक अनिल पराजुलीलाई नगद सहित प्रशंसापत्रले सम्मान गरेको छ। 
त्यसैगरी व्यवसायी तर्फ उत्तमकुमार श्रेष्ठ, एसईई सम्मान तर्फ छात्रामा शिक्षा दुलाल, छात्रतर्फ कौशल पुडासैनी पनि दोसल्ला प्रमाणपत्रले सम्मान गरेको छ।यस वर्ष जोडी शेयर सदस्य तर्फ राज् गौतम र अनिसा पुडासैनीलाई सम्मान गरेको छ ।सहकारीले आर्थिक बर्ष २०८१|८२  मा ४ करोड ५ लाख  रुपैंयाको कारोबार गरेको छ। २०५५ सालमा स्थापना भएको सहकारीमा ६६८ सेयर सदस्यहरु रहेका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आंशिक बादल लाग्ने
Screenshot_20250526_06180-1780622656.jpg

२२ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव...

कांग्रेस केन्द्रीय अनुशासन समिति बैठक बस्दै
congress-(1)-1780448267.jpg

२० जेठ, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दैछ । बैठक बिहीबार पार्टी केन्द्रीय...

राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260309_07575-1780447930.jpg

२० जेठ, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १२:१५ बजे बस्ने भएको हो । बैठकमा राष्ट्रिसभाका...

रास्वपा सभापति र भारतका गृहमन्त्रीबीच भेटवार्ता
rabi-ami-shah-1780447486.jpg

२० जेठ, हेटौंडा । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र भारतका...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780447168.jpg

२० जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव...

बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
Screenshot_20260602_19131-1780407618.jpg

१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...

सुनचाँदीका गहनासहित व्यापारी नियन्त्रणमा
arrested-(1)-1780361868.jpg

१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...

प्रधानन्यायाधीश शर्माको २१ बुँदे निर्देशन
Manoj-sharma-2-768x375-1780360924.jpg

१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...

महरालाई धरौटीमा रिहा गर्न आदेश
Krishna_Mahara_2019102018-1780360637.jpg

१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg