२७ असोज, हेटौंडा। हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड र हेटौंडा उपमहानगरपालिका बिच सम्झौता भइ उपमहानगरपालिकाले खानेपानीको न्यूनतम खपत (१० हजार लिटर) बापत दिँदै आएको अनुदान कटौती गरेको छ।
हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको धाराबाट वितरण गरेको खानेपानीमा न्यूनतम् निःशुल्क १० हजार लिटर पानी खपत गरेबाट हेटौंडा उपमहानगरपालिकाले अनुदान दिँदै आएको थियो । अनुदान बापत न्यूनतम १० हजार लिटर पानी खपत गरेका उपभोक्ताले कुनै शुल्क तिर्नु पार्दैनथ्यो ।
यो सेवा असोज ८ गतेबाट हेटौंडा उपमहानगरपालिकाले पत्र पठाएर कटौती गर्न भनेपछि हाललाई न्यूनतम खपतको अनुदान हटेको हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका निमित्त कार्यकारी निर्देशक विष्णु प्रसाद सापकोटाले जानकारी दिएका छन्। उक्त निर्णयले करिब ८ हजार घरधुरी यस सेवाबाट (जुन एक तिहाइ हुन् आउछ) प्रत्यक्ष प्रभावमा परेको सापकोटाले जानकारी दिएका छन्। उनले हेटौंडाका १९ वडामा करिब ३० प्रतिशत् उपभोक्ताले छुटको लाभ लिइरहेका बताएका छन् । अब हेटौंडाका उपभोक्ताले १० हजार लिटर पानी खपत गरेमा ८५ रुपैयाँ र प्रति एक हजार लिटरमा २५ रुपैयाँका दरले पानीको भुक्तानी गर्नुपर्नेछ।
नगरपालिकाले नेपाल सरकारको अर्थ मन्त्रालयको ‘मितव्ययिता निर्देशिका’ अनुसार उपभोक्ताबाट त्यसमा नियमानुसार शुल्क संकलन गर्ने व्यवस्था लागु गर्ने निर्णय अनुसारनै दिँदै आएको अनुदान कटौती गरेको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले संघिय सरकारको निर्देशन अनुसारनै खर्च कटौती गरी मितव्ययी कायम गरिएको बताएका छन्।
हेटौंडा उपमहानगरपालिका र खानेपानी व्यवस्थापन बोर्ड हेटौंडाबीच खानेपानीको न्यूनतम् महसुल रकम उपभोक्तालाई निःशुल्क गर्ने द्विपक्षीय सम्झौता २०७९ साउन २३ गते भएको थियो ।
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...


















