३० असोज,हेटौंडा। कैलाश मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ७ को बिलाउने र ८ को रुपराङ टोललाई पूर्ण सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ । बुधबार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले दुबै समुदायलाई घोषणा गरेका हुन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले सुरक्षित खानेपानी प्रयोग गर्न पाउनु प्रत्येक नागरिकको मौलिक हक हो । एक घर एक धारा पुर्याउने लक्ष्य अनुरुप विभिन्न संस्थाहरुसँगको साझेदारीमा गाउँपालिकाले खानेपानी र सरसफाइमा काम गर्दै आइरहेको बताए । विभिन्न मापदण्डमा रहेर गरिएकोमा यसको लागत साझेदारी छ, दीगोपना बनाउनु पर्ने हाम्रो कतव्र्य हो, मुक्तानले भने । मर्मत सम्भार र संरक्षणको काम अब समितिको रहेको बताए । खानेपानीको मुहान दर्ता गर्नुपर्ने बताउँदै मुहानको बीमा गरिए विपत्को अवस्थामा बीमा रकमले निर्माण गर्न सकिने बताए ।
वडा ७ का वडाध्यक्ष उदास कुमार भोलनको सभाध्यक्षतामा भएको विलाउने टोलको कार्यक्रममा नेपाल ग्रामीण पुनर्निर्माण संस्थाका जिल्ला संयोजक लीलबहादुर कार्की, वडा ७ का वडा सचिव युगचन्द्र भट्टराई, ङिको स्वास्थ्य चौकीका प्रमुख मेनका ठाकुर, बिलाउने खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष नीरशंकर मुक्तान लगायतको आतिथ्यता रहेको थियो । बिलाउने टोलमा उक्त कार्यक्रममा २६ घरधुरी लाभान्वित रहेको जिल्ला संयोजक कार्कीले बताए । कार्यक्रममा वडाध्यक्ष भोलनले घरघरमा रहेको धाराको पानीलाई सदुपयोग गरि मर्मत र संरक्षणको लागि समिति चुस्तदुरुस्त अवस्थामा रहनुपर्ने बताए । दीगोरुपमा निरन्तरता दिनका लागि सबै घरधुरीको सक्रिय सहभागिता रहनुपर्ने उनले बताए ।
त्यसैगरी कैलाश ८ रुपराङ्ग—रान्चुराङ्ग टोललाई पनि आजै घोषणा गरिएको छ । वडा अध्यक्ष आशिष प्रजाको सभाध्यक्षतामा टोल गाउँपालिका अध्यक्ष मुक्तानले घोषणा गरेका हुन् । उक्त टोलमा भने ४४ घरधुरी लाभान्वित भएका छन् । रुपराङको कार्यक्रममा वडा सदस्य विपीराज थिङ, मित्रकुमारी मुक्तान, आरआरएनका संयोजक लीलबहादुर कार्की, भार्ता स्वास्थ्य चौकीका सिनियर अहेव शोभा राना, खानेपानी तथा सरसफाई समितिका अध्यक्ष विष्णुलाल प्रजालगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा वडाध्यक्ष प्रजाले मुहानदेखी धारासम्मको संरक्षण हाम्रो दायित्व हो, लामा समयपछि रुपराङमा घरघरमा पानी आएको अवस्था छ, हामीले साझेदारी कार्यक्रम अन्तरगत अर्को टोलमा पनि कार्यक्रम गरिने बताए ।
आरआरएन, जर्मन सरकारको डब्लुएचएच संस्थाको सहयोगमा गाउँपालिकाले साझेदारीमा खानेपानीको क्षेत्रमा काम गर्दै आइरहेको छ । कैलाशको वडा ७ र ८ मा पहिलो पटककै एक घर एक धारा अभियान अन्तरगत यी दुई टोल घोषणा गरिएको संयोजक कार्कीले बताए ।
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...






-1792888897.jpg)






-nepal-1792111426.jpg)




