Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चुच्चेखोला सामुदायिक वनको साधारणसभा सम्पन्न

IMG_20251018_122321-1760790887.jpg

१ कार्तिक, हेटौंडा। हेटौँडा–६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको ३६ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारण सभामा बोल्दै प्रमुख अतिथि डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख राकेश प्रसाद चंद्रवशीले वन संरक्षणसंगै सम्बर्धनमा सबै अघि बढ्नुपर्ने बताए । उनले नेपालको समृद्धिका लागि वन क्षेत्र उपयुक्त माध्यम भएको बताए ।
साधारणसभामा संस्थाका अध्यक्ष लक्ष्मण कटुवालले प्रगति प्रतिवेदन, उपाध्यक्ष उमेश अधिकारीले अर्थीक प्रतिवेदन, लेखा समिति संयोजक गोपाल चन्द्र भट्टराईले १ करोड ६० लाख  रुपैँयाको अनुमानित आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
वन समूहका अध्यक्ष लक्ष्मण कटुवालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौंडा १७ का वडा सदस्य नवराज न्यौपाने, फेकोफन केन्द्रीय सदस्य खडानन्द चौलागाई, रानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष केशव धिताल, मनकामना दुग्ध उत्पादन सहकारीका अध्यक्ष अर्जुनप्रसाद दाहाल, वरिष्ठ अधिवक्ता घनप्रसाद गौतम, कामधेनु सहकारी संस्था लिमिटेडका अध्यक्ष उदय विडारी, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, संस्थाका सल्लाहकार कमला श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा समूहका ९ जना जेष्ठ उपभोक्तालाई दोसल्ला ओढाई र समूहमा आवद्ध उपभोक्ता अन्तर्गत गत वर्षको एसइइमा सफल भएका विद्यार्थीलाई नगद र प्रशंसापत्रले सम्मान गरिएको थियो। त्यसैगरी साधारणसभामा वन समूहका पूर्व अध्यक्ष चेतनाथ चौलागाईलाई पनि सम्मान गरिएको थियो।

IMG_20251018_150141-1760790888.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार