Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडामा लागुऔषध सहित ५ जना कारोबारी पक्राउ

FB_IMG_1763045354358-1763045507.jpg

२७ कार्तिक, हेटौंडा। मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर–५ सानोपोखराबाट ठुलो परिमाणमा लागुऔषध सहित ५ जनालाई पक्राउ गरेको छ। बिहीबार जिल्ला प्रशासन कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय हेटौंडाको प्रहरी टोलीले ८ हजार ३ सय क्याप्सुल ट्रामाडोल सहित ५ जना व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–२ बस्ने ३५ वर्षीय राजीव लामा, बकैया गाउँपालिका–१२ घर भएका १९ वर्षीय अशोक स्याङतान, हेटौँडा–१७ बस्ने २० वर्षीय प्रवेश बरैली, हेटौँडा–४ बस्ने २० वर्षीय निशान कोइराला र मकवानपुरगढी गाउँपालिका–२ बस्ने २३ वर्षीय दीपेश सञ्जेल रहेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजु कुर्मीले बताएका छन् ।
पक्राउ परेका उनीहरु कारोबारी रहेको र उक्त लागुऔषध किनबेच हुदै गरेको भन्ने विशेष सूचनाको आधारमा पक्राउ गरिएको प्रहरी निरीक्षक कुर्मीले बताएका छन् । पक्राउ परेका  बक्सर भनेर चिनिने रवि लामा यसअघि बलात्कार मुद्दामा ६ वर्ष जेल बसेर छुटेका व्यक्ति हुन् । आरोपीहरू विरुद्ध प्रहरीले अदालतबाट ५ दिनको म्याद लिएर लागुऔषध मुद्दामा अनुसन्धान भइरहेको जनाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार