८ मंसिर, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रंजन कालाखेतीले आफूले प्राप्त गर्ने सेवा सुविधापतको रकमबाट मनहरीकै एक विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोसाक सहयोग गरेका छन् । पालिका अध्यक्ष कालाखेतीले मनहरी वडा नम्बर ४ मा रहेको पशुपति मा विका २३ जना विपन्न तथा दलित विद्यार्थीहरुलाई पोसाक सहयोग गरेका हुन् ।
मसिने मा रहेको पशुपति मा विको आजबाट सुरु भएको स्वर्ण महोत्सव कार्यक्रम उद्घाटनका क्रममा अध्यक्ष कालाखेतीले ४३ हजार मूल्य बराबरको पोसाक वितरण गरेका हुन् । विद्यालयले विपन्न विद्यार्थी पहिचान गरि सिफारिस गरेबमोजिम आफ्नो तलब भत्ताको रकमबाट उक्त सहयोग गरिएको अध्यक्ष कालाखेतीले बताएका छन् । २०७९ सालमा अध्यक्ष निर्वाचित हुँदै गर्दा कालाखेतीले आफूले पाउने तलब भत्ता विपन्न गाउँबासीका लागि खर्च गरिने उद्घोष गरेका थिए । सोही उद्घोषबमोजिम उनले मनहरी ५ मा एक विपन्न एकल महिलाको घर निर्माण गरिसकेका छन् भने ६ नम्बर वडामा पनि घर निर्माणको काम चलिरहेको छ ।
पशुपति माविले स्वर्ण महोत्सवका अवसरमा आयोजिक सप्ताहव्यापी कार्यक्रम सोमबार अध्यक्ष कालाखेतीले विद्यालय प्राङ्गणमा झन्डोत्तोलन गरी उद्घाटन गरेका हुन् । संवरण महोत्सवको उद्घाटनसँगै विद्यार्थीहरुबीच चम्चा दौड, बोरा दौडलगायतका प्रतियोगिता गरिएको छ।विभिन्न कार्यकम गरि मंसिर १५ गते बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँद्धारा समापन गरिने विद्यालय व्यवस्थापन समिति अध्यक्ष माधव गौतमले जानकारी दिए । विव्यस अध्यक्ष गौतमको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष कालाखेतीको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा मनहरी ४ का वडाध्यक्ष प्रकाश थापा, ९ नम्बर वडाध्यक्ष राजकुमार श्रेष्ठ, विद्यालयका पूर्व अध्यक्ष पवन खड्कालगायतको आतिथ्यता रहेको थियो ।
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२२ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः०० बजे बस्ने भएको हो । बैठकमा राज्य व्यवस्था तथा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...


















