Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

पशुपतिको स्वर्ण महोत्सवः मनहरीका अध्यक्षद्धारा विद्यार्थीलाई पोसाक

587116130_102408271267118-1763997132.jpg

८ मंसिर, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रंजन कालाखेतीले आफूले प्राप्त गर्ने सेवा सुविधापतको रकमबाट मनहरीकै एक विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोसाक सहयोग गरेका छन् । पालिका अध्यक्ष कालाखेतीले मनहरी वडा नम्बर ४ मा रहेको पशुपति मा विका २३ जना विपन्न तथा दलित विद्यार्थीहरुलाई  पोसाक सहयोग गरेका हुन् । 
मसिने मा रहेको पशुपति मा विको आजबाट सुरु भएको  स्वर्ण महोत्सव कार्यक्रम उद्घाटनका क्रममा अध्यक्ष कालाखेतीले ४३ हजार मूल्य बराबरको पोसाक वितरण गरेका हुन् । विद्यालयले विपन्न विद्यार्थी पहिचान गरि सिफारिस गरेबमोजिम आफ्नो तलब भत्ताको रकमबाट उक्त सहयोग गरिएको अध्यक्ष कालाखेतीले बताएका छन् । २०७९ सालमा अध्यक्ष निर्वाचित हुँदै गर्दा कालाखेतीले आफूले पाउने तलब भत्ता विपन्न गाउँबासीका लागि खर्च गरिने उद्घोष गरेका थिए । सोही उद्घोषबमोजिम उनले मनहरी ५ मा एक विपन्न एकल महिलाको घर निर्माण गरिसकेका छन् भने ६ नम्बर वडामा पनि घर निर्माणको काम चलिरहेको छ ।

पशुपति माविले स्वर्ण महोत्सवका अवसरमा आयोजिक सप्ताहव्यापी कार्यक्रम सोमबार अध्यक्ष कालाखेतीले विद्यालय प्राङ्गणमा झन्डोत्तोलन गरी उद्घाटन गरेका हुन् । संवरण महोत्सवको उद्घाटनसँगै विद्यार्थीहरुबीच चम्चा दौड, बोरा दौडलगायतका प्रतियोगिता गरिएको छ।विभिन्न कार्यकम गरि मंसिर १५ गते बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँद्धारा समापन गरिने विद्यालय व्यवस्थापन समिति अध्यक्ष माधव गौतमले जानकारी दिए । विव्यस अध्यक्ष गौतमको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष कालाखेतीको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा मनहरी ४ का वडाध्यक्ष प्रकाश थापा, ९ नम्बर वडाध्यक्ष राजकुमार श्रेष्ठ, विद्यालयका पूर्व अध्यक्ष पवन खड्कालगायतको आतिथ्यता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार