३० फागुन, हेटौँडा । नव निर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छिन् । राष्ट्रपतिको कार्यालय शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति भण्डारीले दोश्रो पटक राष्ट्रपतिको शपथ ग्रहण गरेकी हुन् ।
राष्ट्रपति भण्डारीलाई प्रधानन्यायधीश गोपालप्रसाद पराजुलीले शपथ खुवाएका थिए । उनी मंगलबार दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी थिईन् । शपथ समारोहमा, प्रधानमन्त्री केपी शर्मा ओलि, उपराष्ट्रपति नन्दकिशोर पून, प्रधानसेनापति, प्रदेशसभाका प्रमूख, विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो । यसअघि राष्ट्रपति भण्डारी २०७२ कात्तिक ११ गते पनि नेपालको दोस्रो राष्ट्रपतिमा निर्वाचित भएकी थिईन् ।
शपथ समारोहमा नेपाली सेनाले राष्ट्रपतिको सम्मानमा सलामी दिईएको थियो । उनको कार्यकाल पाँच वर्षको हुनेछ ।
यसैबिच, सर्वोच्च अदालतका न्यायाधीशले नै बेञ्च बहिस्कार गरेपछि नैतिक संकटमा पर्नुभएका प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएका छन् । नवनिर्वा्चित राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउन शीतल निवास पुग्नुभएका प्रधानन्यायाधीश पराजुलीलाई न्याय परिषद्ले पदमा नरहेको पत्र थमाएको हो ।
न्याय परिषद सचिवालयले काटेको पत्रमा पराजुली उमेर हदका कारण पदमा नरहेको उल्लेख छ । पराजुलीले ३१ साउनमै ६५ वर्ष उमेर पुरा गरेको परिषद्ले जनाएको छ । परिषदका सचिव नृपध्वज निरौलाद्धारा हस्ताक्षरित पत्रमा न्याय परिषद् ऐन २०७३ को दफा ३१ मा कुनै न्यायाधीश उमेरका कारण अवकास हुने भएमा सम्वन्धीत न्यायाधीश र निकायलाई जानकारी गराउनु पर्ने उल्लेख छ ।
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...














-1786686763.jpg)

-1786539267.jpg)

