२ चैत,हेटौडा । भुकम्पपीडित महिलाहरुको आर्थिक अवस्थालाई सबल बनाई जिविकोपार्जनमा सहयोग पु¥याउने उदेश्यले सञ्चालित मकवानपुर जिविकोपार्जन पुर्नउत्थान परियोजनाको अनुगमन गरिएको छ । नारीसिप सृजना केन्द्र र अक्सफाम नेपालको साझेदारिमा सञ्चालित परियोजनाको सरोकारवालाको टोलीले अनुगमन गरेको हो ।
सन् २०१७ अप्रिलबाट शुरु गरिएको परियोजनाको २०१८ मार्चसम्म भएका परियोजनाको क्रियाकलापको सरकारी निकायका प्रतिनिधी तथा जनप्रनिधिसहितको टोलीले अनुगमन गरेको थियो ।
मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मार्खु, २ कुलेखानी, ३ सिस्नेरी, ४ र ५ फाखेल, थाहानगरपालिका वडा नम्बर ९ र १० चित्लाङ, भिमफेदी गाउँपालिका वडा नम्बर ९, कैलाश गाउँपालिका वडा नम्बर ९ र १० नामटार, वडा नम्बर ३ र ४ कालिकाटार, वडा नम्बर ७ र ८ भार्तामा परियोजना सञ्चालित छ ।
परियोजना अन्तरगत खानेपानी, सिंचाई, तरकारी संकलन केन्द्र, सहकारीमा सञ्चालित कृषक सहायता केन्द्र, सहकारी, नेट फार्मिङ, ईन्द्रसरोवर कृषि सहकारीका संस्थाबाट तयार गरिएको माछाको केज लगायत अनुगमन गरी छलफल तथा अन्र्तक्रिया समेत गरिएको थियो ।
जिल्ला समन्वय समिति मकवानवपुरकी उपाध्यक्ष भगवति पुडासैनीले भौतिक पूर्वाधार निर्माण सहितको परियोजनाले गाउँलेमा उत्साह आएको बताईन् । संस्था र स्थानीय तहको संयुक्त लगानीमा निर्मित पूर्वाधार तथा कृषि औजार वितरणले स्थानीय लाभान्वित भएको भन्दै उनले सचेतना अभियानसँगै भौतिक निर्माण कार्य प्रभावकारी पाईएको प्रतिक्रिया दिईन् ।
अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालयका लक्ष्मण बिडारी, जिल्ला पशु सेवा कार्यालयका डा. भरत रेग्मी, अक्सफाम नेपालका श्याम पौडेल, सम्बन्धित वडाका वडा अध्यक्षहरु जमानसिँह वाइवा, राजुमान महर्जन, नारीसिप सृजना केन्द्रकी अध्यक्ष उमा सुवेदी, कार्यक्रम प्रबन्धक चिरञ्जीवि पौडेल फिल्ड संयोजक गणेश चालिसे, गाउँपालिका कृषि कार्यालयका रामपुकार शाह, कुमार पौडेल लगाएतको सहभागिता रहेको थियो ।
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786539267.jpg)
-1786686763.jpg)