Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

नेपाल सातौं स्थानको लागी भएको प्लेअफमा नेदरल्यान्ड्ससँग ४५ रनले पराजित

cricket-1521304941.jpg

३ चैत्र, हेटौँडा । आठौं स्थानमा रहँदै नेपालले जिम्बाब्वेमा जारी आइसीसी विश्वकप छनोट क्रिकेट प्रतियोगिता सकाएको छ । प्रतियोगिताअन्तर्गत् शनिबार भएको सातौं स्थानको प्लेअफमा नेदरल्यान्ड्ससँग ४५ रनले पराजित भएसँगै नेपाल आठौं स्थानमा सीमित भएको हो ।
खेलमा १९० रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४४.४ ओभरमा अलआउट हुँदै १४४ रनमात्र जोड्न सक्यो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३६ रनको योगदान गर्दा दीपेन्द्रसिंह ऐरीले २५ तथा कप्तान पारस खड्काले २२ रन जोडे ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित् ५० ओभरमा ९ विकेट गुमाउँदै १८९ रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि बास डे लेडले सर्वाधिक ३९ रनको योगदान गरे भने म्याक्स ओ डोडले २८ रन तथा रोलोफ भान मेर्व र स्कट एडवाड्र्सले समान २५÷२५ रन बनाए । बलिङतर्फ नेपालका लागि निकै कसिलो बलिङ गरेका सोमपाल कामीले सर्वा्धिक ४ विकेट लिए ।
यस्तै, सन्दीप लामिछाने र ललित राजवंशीले २÷२ विकेट लिए । बसन्त रेग्मीको स्थानमा मैदानमा उत्रिएका शक्ति गौचनले १ विकेट लिए ।
एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट टोलीको मान्यता प्राप्त गर्ने लक्ष्यसहित जिम्बाब्वे पुगेको नेपाली टोली लक्ष्य पूरा गर्दै घर फर्कने भएको हो । पहिलो प्लेअफमा नेपालले पपुवा न्यूगिनीलाई तथा नेदरल्यान्ड्सले हङकङलाई हराएपछि नेपालले इतिहासमै पहिलोपटक चार वर्षका लागि एक दिवसीय टोलीको मान्यता प्राप्त गरेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार