Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

नेपाल सातौं स्थानको लागी भएको प्लेअफमा नेदरल्यान्ड्ससँग ४५ रनले पराजित

cricket-1521304941.jpg

३ चैत्र, हेटौँडा । आठौं स्थानमा रहँदै नेपालले जिम्बाब्वेमा जारी आइसीसी विश्वकप छनोट क्रिकेट प्रतियोगिता सकाएको छ । प्रतियोगिताअन्तर्गत् शनिबार भएको सातौं स्थानको प्लेअफमा नेदरल्यान्ड्ससँग ४५ रनले पराजित भएसँगै नेपाल आठौं स्थानमा सीमित भएको हो ।
खेलमा १९० रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४४.४ ओभरमा अलआउट हुँदै १४४ रनमात्र जोड्न सक्यो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३६ रनको योगदान गर्दा दीपेन्द्रसिंह ऐरीले २५ तथा कप्तान पारस खड्काले २२ रन जोडे ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित् ५० ओभरमा ९ विकेट गुमाउँदै १८९ रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि बास डे लेडले सर्वाधिक ३९ रनको योगदान गरे भने म्याक्स ओ डोडले २८ रन तथा रोलोफ भान मेर्व र स्कट एडवाड्र्सले समान २५÷२५ रन बनाए । बलिङतर्फ नेपालका लागि निकै कसिलो बलिङ गरेका सोमपाल कामीले सर्वा्धिक ४ विकेट लिए ।
यस्तै, सन्दीप लामिछाने र ललित राजवंशीले २÷२ विकेट लिए । बसन्त रेग्मीको स्थानमा मैदानमा उत्रिएका शक्ति गौचनले १ विकेट लिए ।
एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट टोलीको मान्यता प्राप्त गर्ने लक्ष्यसहित जिम्बाब्वे पुगेको नेपाली टोली लक्ष्य पूरा गर्दै घर फर्कने भएको हो । पहिलो प्लेअफमा नेपालले पपुवा न्यूगिनीलाई तथा नेदरल्यान्ड्सले हङकङलाई हराएपछि नेपालले इतिहासमै पहिलोपटक चार वर्षका लागि एक दिवसीय टोलीको मान्यता प्राप्त गरेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
इलाम–२ मा रास्वपाको जमानत जफत
Capture-1714439162.JPG

१८ बैशाख, हेटौंडा । इलाम क्षेत्र नम्बर २ मा सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत...

आइपीएलमा दिल्लीविरुद्ध कोलकाताको जित
KKR-DC-4-1714438736.jpg

१८ बैशाख, हेटौंडा । आइपीएल अन्तरगत सोमबार राती भएको खेलमा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट राइडर्सले जित...

आगामी बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकताः मेयर लामा
cc-1714438258.jpg

१८ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले आगामी वर्षको बजेटमा शिक्षा र स्वास्थ्यलाई...

सामुदायिक महिला विकास केन्द्रद्वारा २ विद्यालयलाई सहयोग
sa-1714437897.jpg

१८ बैशाख, हेटौंडा । सामुदायिक महिला विकास केन्द्रको आयोजनामा मकवानपुरको दुई विद्यालयमा सरसफाई तथा कुहिने र...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714437835.jpg

१८ बैशाख, काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

१९ गतेबाट नागस्वतीमा संस्कृति प्रवद्र्धन मेला हुने
11-1714437576.jpg

१८ बैशाख, हेटौंडा । यही बैशाख १९ गतेबाट हेटौंडा ७ नागस्वतीमा ११ दिने संस्कृति प्रवद्र्धन मेला सञ्चालन हुने भएको छ...

इलाम–२ मा नेकपा एमालेका सुहाङ विजयी
Suhang-1714437154.JPG

१८ बैशाख, हेटौंडा । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा एमालेले करिब तीन दशकदेखि चुनाव जित्दै आएको आफ्नो विरासत...

खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट खारेज
img-04-(1)-1714404362.jpg

१७ बैशाख, काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट...

तरुण भवन बनाउन केन्द्रीय सदस्य भेटवालको २ लाख ५५ हजार सहयोग
rajeshji-1714395451.JPG

१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसको युवा दस्ता नेपाल तरुण दलको केन्द्रीय कार्यसमिति भवन निर्माणका लागि तरुण...

थप समाचार