Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

एक्सरे मेसिन विगार्नेलाई कारवाही हुन्छ : प्रजिअ बुढा

Hetauda-Hospital-1521378746.jpg

४ चैत, हेटौँडा । केहि वर्षदेखि माहामरीको रुपमा रहेको झाडापखाला लगायतका प्रकोपलाई जिल्ला जनस्वास्थ कार्यलय मकवानपुरले नियन्त्रणमा लिन सफल भएको छ । 
हेटौंडामा आइतबार जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले आयोजना गरेको पत्रकार भेटघाट तथा सार्वजनिक सुनुवाई कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरका प्रमुख रामचन्द्र पाठकले प्रतिवेदन प्रस्तुत गर्दै यो जानकारी दिएका हुन् । यद्यपि मकवानपुरमा ४६ प्रतिशत महिला मात्रै सुरक्षित एवम् दक्ष स्वास्थ स्वयम्सेविका तथा प्रसुति गृहहरुबाट प्रस्तुती हुने गरेका छन् । गरीबीले उपचारमा समस्या भएका बिरामीहरुका लागि सरकारले निशुल्क उपचार गराउने गरेको भन्दै वहाँले हेटाँैडा अस्पतालमा संचालनमा रहेको सामुदायिक सेवा ईकाईबाट सेवा लिन सकिने बताए । 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले स्वास्थ सेवा निकै महत्वपूर्ण हुने भन्दै अस्पतालहरुले शतप्रतिशत नतिजा निकाल्नु पर्नेमा जोड दिए । अस्पतालमा रहेको एक मात्रै एक्सरे मेसिन बिग्रिएको सम्बन्धमा  पत्रकारहरुको जिज्ञासामा प्रजिअ बुढाले मेसिन बिग्रेको नभई सोहि अस्पतालको कर्मचारिकै संलग्नतामा बिगारिएको प्रारम्भीक अनुसन्धानबाट देखिन आएको बताए । यस विषयमा प्राविधिकहरुलाई देखाँउदा कुनै बस्तु प्रहार गरेर फुटाईएको पाईएपछि थप अनुसन्धानका लागि समिति बनाई दोषि पत्ता लगाउने प्रक्रिया भईरहेको बुढाले बताए । अस्पतालमा रहेको चालु अवस्थाको एक्सरे मेसिन बिग्रिएपछि सेवाग्राहीहरु प्राईभेट क्लिनिकमा महंगो शुल्क तिरेर एक्सरे गराउन बाध्य भएकाले दोषि पत्ता लगाई कडा कारबाही गरिने बताए । 
सार्वजनिक सुनुवाईमा कार्यक्रम जनस्वास्थ्य कार्यालय प्रमुख रामचन्द्र पाठक , जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रधुनाथ खुलाल, विभिन्न राजनितिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार