Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

एक्सरे मेसिन विगार्नेलाई कारवाही हुन्छ : प्रजिअ बुढा

Hetauda-Hospital-1521378746.jpg

४ चैत, हेटौँडा । केहि वर्षदेखि माहामरीको रुपमा रहेको झाडापखाला लगायतका प्रकोपलाई जिल्ला जनस्वास्थ कार्यलय मकवानपुरले नियन्त्रणमा लिन सफल भएको छ । 
हेटौंडामा आइतबार जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले आयोजना गरेको पत्रकार भेटघाट तथा सार्वजनिक सुनुवाई कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरका प्रमुख रामचन्द्र पाठकले प्रतिवेदन प्रस्तुत गर्दै यो जानकारी दिएका हुन् । यद्यपि मकवानपुरमा ४६ प्रतिशत महिला मात्रै सुरक्षित एवम् दक्ष स्वास्थ स्वयम्सेविका तथा प्रसुति गृहहरुबाट प्रस्तुती हुने गरेका छन् । गरीबीले उपचारमा समस्या भएका बिरामीहरुका लागि सरकारले निशुल्क उपचार गराउने गरेको भन्दै वहाँले हेटाँैडा अस्पतालमा संचालनमा रहेको सामुदायिक सेवा ईकाईबाट सेवा लिन सकिने बताए । 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले स्वास्थ सेवा निकै महत्वपूर्ण हुने भन्दै अस्पतालहरुले शतप्रतिशत नतिजा निकाल्नु पर्नेमा जोड दिए । अस्पतालमा रहेको एक मात्रै एक्सरे मेसिन बिग्रिएको सम्बन्धमा  पत्रकारहरुको जिज्ञासामा प्रजिअ बुढाले मेसिन बिग्रेको नभई सोहि अस्पतालको कर्मचारिकै संलग्नतामा बिगारिएको प्रारम्भीक अनुसन्धानबाट देखिन आएको बताए । यस विषयमा प्राविधिकहरुलाई देखाँउदा कुनै बस्तु प्रहार गरेर फुटाईएको पाईएपछि थप अनुसन्धानका लागि समिति बनाई दोषि पत्ता लगाउने प्रक्रिया भईरहेको बुढाले बताए । अस्पतालमा रहेको चालु अवस्थाको एक्सरे मेसिन बिग्रिएपछि सेवाग्राहीहरु प्राईभेट क्लिनिकमा महंगो शुल्क तिरेर एक्सरे गराउन बाध्य भएकाले दोषि पत्ता लगाई कडा कारबाही गरिने बताए । 
सार्वजनिक सुनुवाईमा कार्यक्रम जनस्वास्थ्य कार्यालय प्रमुख रामचन्द्र पाठक , जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रधुनाथ खुलाल, विभिन्न राजनितिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार