४ चैत हेटौंडा।नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं काँग्रेस ३ नम्बर प्रदेशका प्रमूख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले पार्टी र भातृ तथा शुभेच्छुक संघसंगठनलाई चलायन बनाई सांगठानिक संरचना चुस्तदुरुस्त र मजबुत बनाउन सबै नेता कार्यकर्ता एक भएर लाग्नुपर्ने बताउनुभएको छ ।
मकवानपुरको क्षेत्र नम्बर १ स्थित बकैया गाउँपालिकामा आईतबार काँग्रेसको क्रियाशिल भेलामा नेता बानियाँले काँग्रेसले संविधान जारी गरी तिनै तहको निर्वाचन गराउन सफल एवं काँग्रेसको पालामा भएको विकास निर्माणको कुरा आम जनतामा पु¥याउन सक्षम नहुनु पनि काँग्रेस हारको कारण भएको बताउँदै अव गाउँगाउँमा पार्टीका भातृ एवं शुभेच्छुक संघसंगठन चुस्तदुरुस्त बनाउन निर्देशन दिनुभएको हो ।
साविक छतिवन गाविस सभापति भुमिनन्द गौतमको सभाध्यक्षता एवं नेता बानियाँको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ठ अतिथिहरु निवर्तमान सभापति रघुरमण न्यौपाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सचिव बुद्ध लामा, अतिथिहरु कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सल्लाहकार भरत पराजुली, जिल्ला सदस्य भीमसेन महत, प्रदेशसभा उम्मेदवार धर्मराज लामिछाने, क्षेत्रीय सभापति दामोदर खनाल, नेता मिठाराम दाहालले मन्तव्य व्यक्त गर्नुभएको थियो । भेलाले भुमिनन्द गौतमको संयोजकत्वमा २१ सदस्यीय बकैया गाउँपालिका तदर्थ समिति तथा १० सदस्यीय सल्लाहकार समितिसमेत निर्माण गरेको छ। कार्यक्रममा जिल्ला सदस्यहरु रामबाबु बानियाँ, कृष्णप्रसाद दाहाल, इन्दिरा न्यौपाने, क्षेत्रीय सचिव सुवात सिं थिङ, जनक धिताल, महाधिबेशन प्रतिनिधि दिलबहादुर भोम्जन, चन्द्रकुमार राई तुल्सीराम लामिछाने, क्षेत्रीय सदस्य सोमबहादुर तिमल्सिना, तरुण दल जिल्ला सचिव सचित थापा, नेता शेरमान गोले, महिला संघ जिल्ला कोषाध्यक्ष डम्बर कुमारी गिरी, क्षेत्रिय सचिव मिरा तिमल्सिना बञ्जरा, बकैया ९ र ११ का वडा अध्यक्षद्वय टंकबहादुर लोप्चन र गोपाल न्यासुरलगायतको सहभागिता रहेको थियो ।
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...














-1786686763.jpg)

-1786539267.jpg)

