Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रदेश राजधानी हेटौँडा नै हुन्छ : प्रचण्ड

IMG_9593-1521601177.JPG

७ चैत, हेटौँडा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३ नम्बर प्रदेशको राजधानी हेटौँडा नै हुने दावि गरेका छन् ।
बुधबार हेटौँडामा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले एउटा प्रदेशले बाहेक अन्य प्रदेशले राजधानीको टुंगो नलगाएको भन्दै उनले ३ नम्बर प्रदेशको राजधानी हेटौँडा नै हुने दावि गरेका हुन् ।

उनले अघिल्लो सरकारले अस्थायी राजधानी घोषणा गरेर काम समेत संचालन भईसकेको अवस्थामा अब राजधानी अन्यत्र सर्छ भन्ने हल्लाको पछि नलाग्न उनको आग्रह थियो । ‘६ वटा प्रदेशले नामांकन र राजधानीको टुंगो लगाउनुपर्ने छ ।’–उनले भने–‘यसबारे छलफल त चलिरहको छ तर प्रदेशको काम समेत शुरु भईसकेको अवस्थामा ३ नम्बर प्रदेशको राजधानी हेटौँडा नै उपयुक्त छ ।’ नामांकन र राजधानीबारे पार्टीले ह्विप जारी गर्छ कि भन्ने संचारकर्मीहरुको जिज्ञासामा उनले यसबारे प्रदेश सभा यसबारे निर्णय गर्न स्वतन्त्र रहेको समेत स्पष्ट पारे । उनले नेकपा एमाले र नेकपा माओवादीबीच पार्टी एकता हुनेमा ढुक्क हुन आग्रह गरे ।

अध्यक्ष दाहालले पार्टी एकताका लागि गठन भएका दुई कार्यदलले आफ्नो काम अन्तिम चरणमा पु¥याएको बताउँदै छिट्टै पार्टी एकता हुने दावि गरे । उनले कार्यदलले कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर एकताको घोषणा गर्न सुझाव दिएपछि एमाले अध्यक्ष केपि शर्मा ओली र आफु त्यस अघि नै एकता गर्ने सोचमा रहेको बताए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार