११ चैत्र, हेटौँडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको शनिवारको नियमित बैठकले पत्रकार उपचार कोषको स्थापना गर्ने निणय गरेको छ । महासंघ मकवानपुर शाखासंग आबद्ध भएका आफ्ना सदस्यहरु गम्भीर बिरामी परेमा उपचारको क्रममा सहयोग होस भन्ने उद्देश्यले उपचार कोष स्थापना गर्ने निणय गरेको महासंघका सचिव गणेश दर्पाण अधिकारीले बताए । मकवानपुरका पत्रकार गम्भीर खालका बिरामी पर्दा आर्थिक अभावका कारण समस्यामा पर्दै आएकाले कोषको स्थापना गरेर रकम सहयोग गर्नका लागि आव्हान गर्ने निणय भएको अधिकारीको भनाई छ ।
पत्रकार उपचार कोष संकलन गर्नका लागि पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईको संयोजकत्वमा उपाध्यक्षद्वय कुमार अधिकारी पोष्टराज र सरिता दाहाल तथा सचिव गणेश दर्पण अधिकारी सदस्य रहेका छन् ।
कोषमा अध्यक्ष हुमागाई र उपाध्यक्ष अधिकारीले जनही पाँच÷पाँचहजार रुपैयाँ सहयोग गरेका छन् । दुवैले सहयोग रकम महासंघका कोषाध्यक्ष सुदिप सिवाकोटीलाई हस्तान्तरण गरेर कोषको सुरुवात गरेको कोषाध्यक्ष शिवाकोटीले जानकारी दिए । आगामी दिनहरुमा पनि पत्रकार महासंघ मकवानपुरमा आबद्ध रहनुभएका पत्रकार, बिभिन्न सञ्चार संस्था, अरु शुभेच्छुक ब्यक्ति र संस्थासंग रकम संकलन गरेर उपचार कोषमा रकम बृद्धि गरिने कोषाध्यक्ष शिवाकोटीले बताए ।
कोषमा जम्मा भएको रकम के कसरी गम्भीर खालका बिरामीलाई उपचारमा सहयोग गर्ने भन्ने बिषयको निर्णय भने महासंघ मकवानपुर शाखाको बैठकले गर्ने जनाइएको छ । यसैगरीे बैठकले महासंघको दोस्रो तलामा निर्माण गरिएको पुस्तकालयमा पत्रकारिता लगायत अन्य साहित्यीक पुस्तक संकलन गर्नका लागि समिति गठन गरेको छ । महासंघका कार्यसमितिका सदस्य केशब समपर्णको संयोजकत्वमा सरला अधिकारी र कपिल खड्का सदस्य रहनेगरी ३ सदस्य समितिलाई जिम्मा दिइएको छ ।
यसैगरी गढी गाउँपालिकाको सहयोगमा त्यसक्षेत्रका पत्रकारितामा ईच्छुकहरुलाई तालिम समेत दिने निर्णय गरिएको छ । तालिम संचालन गर्नका लागि कार्यसमितिका सदस्य एमपी शर्माको संयोजकत्वमा असोक सुजन श्रेष्ठ र पुष्पराज अधिकारी सदस्य रहेको समिति पनि गठन गरिएको छ ।
यसैगरी चैत १६ गते नेपाल पत्रकार महासंघको स्थापना दिबस प्रभातफेरी गरेर मनाउने निणय पनि गरिएको छ ।
बैठकले पत्रकार महासंघ मकवानपुरका पुर्ब अध्यक्ष तथा पुर्ब केन्द्रीय सदस्य प्रताप बिष्टका पिता रुद्रबहादुर बिष्ट प्रति शोक प्रस्ताव समेत पारित गरेको छ । महासंघ मकवानपुर शाखा अध्यक्ष हरि हुमागाईको अध्यक्षतामा बैठक भएको हो ।
फोटो सौजन्यः अशोकसुजन श्रेष्ठ
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
















-1786539267.jpg)
-1786686763.jpg)