११ चैत्र, हेटौँडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको शनिवारको नियमित बैठकले पत्रकार उपचार कोषको स्थापना गर्ने निणय गरेको छ । महासंघ मकवानपुर शाखासंग आबद्ध भएका आफ्ना सदस्यहरु गम्भीर बिरामी परेमा उपचारको क्रममा सहयोग होस भन्ने उद्देश्यले उपचार कोष स्थापना गर्ने निणय गरेको महासंघका सचिव गणेश दर्पाण अधिकारीले बताए । मकवानपुरका पत्रकार गम्भीर खालका बिरामी पर्दा आर्थिक अभावका कारण समस्यामा पर्दै आएकाले कोषको स्थापना गरेर रकम सहयोग गर्नका लागि आव्हान गर्ने निणय भएको अधिकारीको भनाई छ ।
पत्रकार उपचार कोष संकलन गर्नका लागि पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईको संयोजकत्वमा उपाध्यक्षद्वय कुमार अधिकारी पोष्टराज र सरिता दाहाल तथा सचिव गणेश दर्पण अधिकारी सदस्य रहेका छन् ।
कोषमा अध्यक्ष हुमागाई र उपाध्यक्ष अधिकारीले जनही पाँच÷पाँचहजार रुपैयाँ सहयोग गरेका छन् । दुवैले सहयोग रकम महासंघका कोषाध्यक्ष सुदिप सिवाकोटीलाई हस्तान्तरण गरेर कोषको सुरुवात गरेको कोषाध्यक्ष शिवाकोटीले जानकारी दिए । आगामी दिनहरुमा पनि पत्रकार महासंघ मकवानपुरमा आबद्ध रहनुभएका पत्रकार, बिभिन्न सञ्चार संस्था, अरु शुभेच्छुक ब्यक्ति र संस्थासंग रकम संकलन गरेर उपचार कोषमा रकम बृद्धि गरिने कोषाध्यक्ष शिवाकोटीले बताए ।
कोषमा जम्मा भएको रकम के कसरी गम्भीर खालका बिरामीलाई उपचारमा सहयोग गर्ने भन्ने बिषयको निर्णय भने महासंघ मकवानपुर शाखाको बैठकले गर्ने जनाइएको छ । यसैगरीे बैठकले महासंघको दोस्रो तलामा निर्माण गरिएको पुस्तकालयमा पत्रकारिता लगायत अन्य साहित्यीक पुस्तक संकलन गर्नका लागि समिति गठन गरेको छ । महासंघका कार्यसमितिका सदस्य केशब समपर्णको संयोजकत्वमा सरला अधिकारी र कपिल खड्का सदस्य रहनेगरी ३ सदस्य समितिलाई जिम्मा दिइएको छ ।
यसैगरी गढी गाउँपालिकाको सहयोगमा त्यसक्षेत्रका पत्रकारितामा ईच्छुकहरुलाई तालिम समेत दिने निर्णय गरिएको छ । तालिम संचालन गर्नका लागि कार्यसमितिका सदस्य एमपी शर्माको संयोजकत्वमा असोक सुजन श्रेष्ठ र पुष्पराज अधिकारी सदस्य रहेको समिति पनि गठन गरिएको छ ।
यसैगरी चैत १६ गते नेपाल पत्रकार महासंघको स्थापना दिबस प्रभातफेरी गरेर मनाउने निणय पनि गरिएको छ ।
बैठकले पत्रकार महासंघ मकवानपुरका पुर्ब अध्यक्ष तथा पुर्ब केन्द्रीय सदस्य प्रताप बिष्टका पिता रुद्रबहादुर बिष्ट प्रति शोक प्रस्ताव समेत पारित गरेको छ । महासंघ मकवानपुर शाखा अध्यक्ष हरि हुमागाईको अध्यक्षतामा बैठक भएको हो ।
फोटो सौजन्यः अशोकसुजन श्रेष्ठ
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...






-1792715895.jpg)






-nepal-1792111426.jpg)



