Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

काँग्रेस एक ढिका भएर अघि बढने : बानियाँ

20180324_143003-1521961166.jpg

११चैत ,हेटौंडा ।नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं काँग्रेस ३ नम्बर प्रदेशका प्रमूख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले प्रदेश र संघमा अहिले पार्टी देशैभर हारेको भएपनि अब काँग्रेस एक ढिका भएर  अघि बढने भन्दै  निराश हुनुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।

नेपाली काँग्रेस कैलाश गाउँपालिकास्तरीय क्रियाशिल तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बानियाँले काँग्रेसले संविधान जारी गरी तिनै तहको निर्वाचन गराउन सफल एवं काँग्रेसको पालामा भएको विकास निर्माणको कुरा आम जनतामा पु¥याउन सक्षम नहुनु पनि काँग्रेस हारको कारण भएको बताउनुभयो ।

जताततै बाम गठबन्धनको जित भएपनि आफूलाई यस क्षेत्रको सबै मतदाताको अथक प्रयासबाट जित हात पार्न सफल भएको भन्दै सबै मतदातालाई धन्यवाद ज्ञापन गर्नुभयो । 

नेता बानियाँले अवको ५ वर्ष काँग्रेसको गाउँपालिकास्तरीय पार्टी, भातृ तथा शुभेच्छुक संघसंगठनलाई चलायन बनाई सांगठानिक संरचना चुस्तदुरुस्त र मजबुत बनाउन सबै नेता कार्यकर्ता एक भएर लाग्नुपर्ने बताउनुभएको छ ।

 काँग्रेस ४ नम्बर क्षेत्रीय सभापति लोकबहादुर मुक्तानको सभाध्यक्षता एवं नेता बानियाँको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा अतिथिहरु पार्टी सचिव बुद्ध लामा, सल्लाहकार भरत पराजुली, जिल्ला सदस्यहरु दीपेन्द्र मल्ल, मिरा स्याङतान, ज्ञानबहादुर डिमडुङ, रत्नबहादुर गोले, बलिन्द्र ब्लोन, काँग्रेसका पुराना नेता पशुपति रिजाल, पूर्व जिल्ला सदस्य लालबहादुर वाइबा, क्षेत्रीय कोषाध्यक्ष बेलबहादुर मुक्तान, सदस्यहरु कृष्णहरि कालाखेती, दुर्गाबहादुर स्याङतान, कैलाश गाउँपालिका २, ७ र १० का निर्वाचित वडा अध्यक्षहरु राजेन्द्र घिसिङ, उदास लामा, मानिकलाल मुक्तान, वडा सदस्य लक्ष्मी मुक्तानलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार