११चैत ,हेटौंडा ।नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं काँग्रेस ३ नम्बर प्रदेशका प्रमूख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले प्रदेश र संघमा अहिले पार्टी देशैभर हारेको भएपनि अब काँग्रेस एक ढिका भएर अघि बढने भन्दै निराश हुनुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।
नेपाली काँग्रेस कैलाश गाउँपालिकास्तरीय क्रियाशिल तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बानियाँले काँग्रेसले संविधान जारी गरी तिनै तहको निर्वाचन गराउन सफल एवं काँग्रेसको पालामा भएको विकास निर्माणको कुरा आम जनतामा पु¥याउन सक्षम नहुनु पनि काँग्रेस हारको कारण भएको बताउनुभयो ।
जताततै बाम गठबन्धनको जित भएपनि आफूलाई यस क्षेत्रको सबै मतदाताको अथक प्रयासबाट जित हात पार्न सफल भएको भन्दै सबै मतदातालाई धन्यवाद ज्ञापन गर्नुभयो ।
नेता बानियाँले अवको ५ वर्ष काँग्रेसको गाउँपालिकास्तरीय पार्टी, भातृ तथा शुभेच्छुक संघसंगठनलाई चलायन बनाई सांगठानिक संरचना चुस्तदुरुस्त र मजबुत बनाउन सबै नेता कार्यकर्ता एक भएर लाग्नुपर्ने बताउनुभएको छ ।
काँग्रेस ४ नम्बर क्षेत्रीय सभापति लोकबहादुर मुक्तानको सभाध्यक्षता एवं नेता बानियाँको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा अतिथिहरु पार्टी सचिव बुद्ध लामा, सल्लाहकार भरत पराजुली, जिल्ला सदस्यहरु दीपेन्द्र मल्ल, मिरा स्याङतान, ज्ञानबहादुर डिमडुङ, रत्नबहादुर गोले, बलिन्द्र ब्लोन, काँग्रेसका पुराना नेता पशुपति रिजाल, पूर्व जिल्ला सदस्य लालबहादुर वाइबा, क्षेत्रीय कोषाध्यक्ष बेलबहादुर मुक्तान, सदस्यहरु कृष्णहरि कालाखेती, दुर्गाबहादुर स्याङतान, कैलाश गाउँपालिका २, ७ र १० का निर्वाचित वडा अध्यक्षहरु राजेन्द्र घिसिङ, उदास लामा, मानिकलाल मुक्तान, वडा सदस्य लक्ष्मी मुक्तानलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...














-1786686763.jpg)

-1786539267.jpg)

