Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

उपकरण विर्गान कर्मचारी नै सक्रिय

Hetauda-Hospital-1522029284.jpg

१२ चैत, हेटौँडा । सरकारले सर्वसाधारणलाई सहज स्वास्थ्य सेवा उपलव्ध गराउन हेटौँडाको सरकारी अस्पतालमा विभिन्न उपकरण उपलव्ध गराएको छ ।

तर, अस्पतालका कर्मचारीहरु भने ति उपकरण विगार्दै नीजि अस्पताल तथा क्लिनिकबाट विरामीलाई सेवा लिन बाध्य बनाईरहेका छन् । दुई बर्ष अघि हेटौँडा अस्पतालबाट इसिजि मेसिन एकाएक गायब भयो । प्रहरी÷प्रशासनले अनुसन्धान अघि बढाएपछि मेसिन केही दिनपछि फोहोर फ्याँक्ने थुप्रोमा वेवारिसे अवस्थामा फेला परेको थियो । इसिजि मेसिन हाल विग्रिएर थन्किएको छ । अस्पतालका २ वटा एक्सरे मेसिन पनि १५ दिनदेखि विग्रिएर थन्किएका छन् ।

मेसिन विग्रिएपछि अस्पताल विकास समितिको आग्रहमा स्वास्थ्य सेवा विभागका अर्थोपेडिक डा. रामचन्द्र सुवेदीसहित ३ सदस्यीय टोलीले मेसिन जाँच गर्यो । टोलीले एक्सरे मेसिनलाई केही ठोस बस्तुले हिर्काउर विगारिएको भन्ने रिर्पोट अस्पताल विकास समितिलाई बुझाएपछि प्रशासनले एक्सरे मेसिन कर्मचारीकै लापरवाहीले विगारिएको आशंकामा छानविन गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बढाले एक्सरे मेसिनमा केही धारिलो बस्तुले प्रहार गरेर विगारेको पाईएको बताए । उनले यसविषयमा छानविन भईरहेको बताए ।

मेसिन सञ्चालन नहुँदा यहाँ काम गर्ने ५ जना कर्मचारी १५ दिनदेखि हासिज गरेर घर फर्कने गरेका छन् । रेडियोग्राफर अरुणकुमार मण्डलले दाँतको मात्र एक्सरे हुने गरेको बताए । अस्पतालमा कार्यरत कर्मचारीले बाहिर नीजि क्लिनिक सञ्चालन गर्ने र अस्पतालमा भएका उपकरण विगार्ने प्रवृत्तिका कारण हेटौँडा अस्पतालमा उपकरण विग्रने समस्या बढेको हेटौँडा सन्देश दैनिकमा समाचार छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार