१२ चैत, हेटौँडा । ३ नम्बर प्रदेश सभामा मंगलबारदेखि विषयगत समिति गठनको प्रक्रिया शुरु हुने भएको छ ।
सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले विषयगत समिति गठनको प्रक्रिया शुरु गर्ने कार्यसूचि तय गरेको हो । बैठकले प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति गठन गर्ने निर्णय गरेको छ । मंगलबारको बैठकमा सोमबार सहमति भएका समितिका सदस्यहरुको नाम सहमतिको लागि प्रस्तुत हुने छ भने समितिका सभापतिको निर्वाचनको मिति तोकिने प्रदेशसभा सचिव भरतकुमार बुढाथोकीले जानकारी दिए ।
त्यसैगरी, आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले ‘प्रदेशका केही सार्वजनिक लिखत प्रमाणीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले ‘प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक’ प्रस्तुत गर्ने कार्यसूचि छ । बैठकमा मन्त्रीपरिषद विस्तार तथा पुर्नगठन गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको पत्र पढेर सुनाउने र कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनियन गरेको बारे सभामुखले जानकारी गराउने कार्यसूचि रहेको छ । बैठक चैत १६ गतेसम्म संचालन हुने जनाईएको छ ।
समितिबारे छलफल गर्दै प्रतिपक्ष
३ नम्बर प्रदेशको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विषयगत समितिबारे सत्तापक्षसंग छलफल शुरु गरेको छ । ५ वटा समिति गठन हुने भएपछि यसबारे कांग्रेसले छलफल थालेको हो । सार्वजनिक लेखा समितिको नेतृत्वमा दाविसहित विषयगत समितिबारे छलफल थालेको ३ नम्बर प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बताए । उनले मूख्यमन्त्री र अर्को सत्ता साझेदार माओवादी केन्द्रसंग लेखा समितिको नेतृत्वसहित अन्य समितिबारे पनि छलफल भईरहेको जानकारी दिए । समितिमा उम्मेदवारीबारे मंगलबार टुंगो लाग्ने बानियाँले बताए ।
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...


















