Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

गाई काट्ने अभिव्यक्तिको प्रदेशसभामा आलोचना

IMG_9735-1522150677.JPG

१३ चैत, हेटौँडा । ३ नम्बर प्रदेशसभा बैठकमा उपसभामुख राधिका तामाङको गाई काट्न पाउनुपर्ने अभिव्यक्तिको चर्को आलोचना भएको छ ।

मंगलबारको पहिलो सत्रको बैठकमा बोल्ने सदस्यहरुले जिम्मेवार पदमा रहेको व्यक्तिले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै संवि

धान भन्दा माथि कोही नहुने बताएका थिए । सभामा धारणा राख्दै प्रदेशसभा सदस्य न्हुच्छेनारायण श्रेष्ठले उपसभामुख तामाङले जातीय विद्वेष फैलाउने काम भएको भन्दै संसदमा जवाफ दिनुपर्ने बताएका थिए । रिता माझीले सभामुखले दिएको अभिव्यक्रबारे आपत्ति जनाउँदै यसबारे स्पष्ट पार्नुपर्ने धारणा राखेकी थिईन् । प्रदेशसभा सदस्यहरुले राष्ट्रिय जनावरको अपमान गर्ने अधिकार उपसभामुखलाई नभएको भन्दै यसबारे स्पष्ट पार्नुपर्नेमा जोड दिएका थिए ।बैठकले ११० सदस्य नै समेट्ने गरी ५ वटा विषयगत समिति गठन गरेको छ । मंगलबार बसेको बैठकले ५ वटा विषयगत समिति गठन गरेको हो ।बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्

थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समितिमा रहेका प्रदेशसभा सदस्यहरुको नाम अनुमोदनका लागि प्रस्तुत गरेका थिए । बैठकबाट नाम अनुमोदन भएको छ । बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले प्रस्तुत गरेको ‘प्रदेशका केही सार्वजनिक लिखत प्रमाणीकरण सम्बन्धमा व्यवस्था गर्न

बनेको विधेयक’ र आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले प्रस्तुत गरेको ‘प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक’ स्विकृत भएको छ । आर्थिक विधेयकमाथिको दफावार छलफल चैत १६ गतेको बैठकमा हुने जनाईएको छ । विषयगत समितिको सभापति चैत १५ गते निर्वाचनमार्फत टुंगो लगाउने कार्यतालिका सार्वजनिक गरिएको छ । बैठकमा बोल्ने अधिकांश प्रदेशसभा सदस्यले प्रदेशको नामाकरण र राजधानी चाँडै तोक्नुपर्ने, प्रदेशसभा बैठक नियमित राख्नुपर्ने, आर्थिक ढंगले समृद्ध बनाउन ठोस ढंगले अघि बढ्नुपर्ने लगायतका धारणा राखेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

थप समाचार