Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पत्रकार महासंघको स्थापना दिवसको अवसरमा हेटौँडामा प्रभातफेरी (फोटो फिचर सहित )

20180330_080821-1522386102.jpg

पत्रकार महासंघको स्थापना दिवसको अवसरमा निकालिएको प्रभातफेरी ।फोटो :सुनिल शिवाकोटी

 

१६ चैत, हेटौडा । पत्रकार महासंघ मकवानपुर शाखाले नेपाल पत्रकार महासंघको ६३ औँ स्थापना दिवसको अवसरमा शुक्रबार  हेटौँडामा प्रभातफेरी कार्यक्रम  सम्पन्न  गरिएको छ ।

हेटौँडाको सिमाचोकबाट सुरु भएको प्रभातफेरी बुद्धचौक , उद्योग  वाणिज्य चोक,हुदै   सिमाचोकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई  संवोधन गर्दै  पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष राममणी दाहालले अझै मिडिया हाउसहरूमा श्रमजीवि पत्रकाहरुलाई  समस्या रहेको र समाचारको कारणले पत्रकारहरूले दुर्व्यवहार सहनु परेको भन्दै  पत्रकारलेलाई  राज्यबाट उल्लेखीय  सहयोग नभएको बताए ।

त्यसैगरी कार्यक्रममा बोल्दै पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष भानुभक्त आचार्यले पत्रकारहरुले  अझैपनि  खुलेर कलम चलाउन नसकिरहेको भन्दै राज्य जिम्मेवार नभएको  बताए ।त्यस्तै   पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुँमागाईले पत्रकारिताको दिगो विकास र यस पेशामा आबद्ध सबै पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न तालिम र कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पत्रकार महासंघ मकवानपुर शाखाले आयोजनामा गरेको प्रभातफेरीमा  पत्रकार महासंघ  मकवानपुरका उपाध्यक्ष कुमार अधिकारी,  सचिव गणेश दर्पण अधिकार,  लगायत कार्य समिति सदस्यहरु सहित   मकवानपुरमा क्रियाशिल  पत्रकार सिहत मकवानपुर बहुमुखी क्याम्पसमा आम सञ्चार  तथा पत्रकारीता विषयमा अध्ययनरत विद्यार्थिहरुको सहभागिता रहेको थियो ।

20180330_081402-1522386102.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

थप समाचार