Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बजेटलाई प्रभावकारी कार्यान्वयनमा पृष्ठपोषण प्राप्त भएको छ: बानियाँ

Indra-Baniya-(1)-1783180140.jpg

२० असार, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभा बैठकमा बजेटबारे भएको गहन छलफलले बजेटलाई प्रभावकारी कार्यान्वयनमा पृष्ठपोषण प्राप्त भएको बताएका छन् ।
प्रदेशसभा बैठकबाट शनिबार बागमती प्रदेश सरकारको आव २०८३/८४ को बजेट पास भएपछि उनले सबैलाई आभार व्यक्त गर्दै यस्तो बताएका हुन् ।
उनले प्रदेशसभा सदस्यहरूबाट प्राप्त पृष्ठपोषणलाई आत्मसात गर्दै प्रदेश सरकारको अबको मुल लक्ष्य पनि यसैतर्फ रहने समेत प्रतिवद्धता जनाएका छन् ।
बृहत् छलफलसहित प्रदेशसभाबाट पास भएपछि मुख्यमन्त्री बानियाँले सत्तापक्ष, प्रमुख प्रतिपक्ष तथा प्रतिपक्ष दलका नेताहरू, प्रदेशसभा सदस्यहरू, सभामुख र प्रदेशसभा सचिवालयका कर्मचारीहरूप्रति आभार व्यक्त गरेका छन् । उनले बजेटका बारेमा नागरिक तहसम्म जानकारी पुर्‍याउन सहयोग गर्ने सम्पूर्ण सञ्चारकर्मीहरूलाई पनि धन्यवाद दिएका छन् ।
प्रदेशसभा बैठकमा बजेटबारे भएको छलफलले आगामी दिनमा बजेट कार्यान्वयनलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण मार्गदर्शन दिएको मुख्यमन्त्रीको भनाइ छ । प्रदेश सरकारले प्रभावकारी बजेट कार्यान्वयनलाई नै आगामी प्राथमिकताको केन्द्रविन्दुमा राख्ने उनको प्रतिवद्धता छ ।
बागमती प्रदेशसभाबाट आगामी आवको बजेट बहुमतले पारित भएको छ ।

indra-baniya-(2)-1783180164.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

थप समाचार