Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

‘कलिलैमा आमा बन्नु’ पश्चिमी मकवानपुरको समस्या

Man-Kumari-1522481885.jpg

२६ बर्षमै ११ र ९ बर्षका दुई छोराकी आमा मानकुमारी बुढाथोकी ।

श्रीजना नेपाल
१७ चैत, हेटौँडा ।
राक्सिराङ गाउँपालिका वडा नम्बर ९ खैराङकी मानकुमारी बुढाथोकी २६ बर्षमै दुई बच्चाकी आमा भईसकिन् । उनको पहिलो चोरा ११ बर्ष र दोस्रो छोरा ९ बर्षका भए । अर्थात उनी आफु १५ बर्ष हुँदा पहिलो र १७ बर्ष हुँदा दोस्रो सन्तानकी आमा भएकी थिईन् ।
उमेर २६ बर्षभएपनि मानकुमारी पाको देखिन्छिन्, कारण सानो उमेरमा आमा भएकी उनी पोष्णयुक्त खानाबाट बन्चित थिईन् । सानो उमेरमा बच्चा जन्माउँदा उनमा शारिरीक कमजोरीको समस्या रहेको उनको भनाई छ । उनी अहिले गाउँमै पसल चलाउँछिन् । कलिलो उमेरमा विवाह बन्धनमा बाधिएर जिम्मेवारीमा बाँधिनु परेको सम्झँदै उनी आफैलाई यसको दोष दिन्छिन् । ‘यो समाजले त्यस्तो गरायो मलाई, आफैलाई थाहा छैन म कसरी विवाह बन्धनमा बाधिएँ ।’ उनले भनिन्–‘घरबाट बिहेको प्रस्ताव आएर होईन गाउँमा अन्य साथीहरुले सानो उमेरमै भागी विवाह गरेको देखेर मैले पनि गरेँ ।’
बिहे नगरेर पढिरहेको भए जीवन धेरै सहज हुने उनमा अहिले हेक्का आएको छ । ‘३ कक्षा पढ्दा देखी नै साथीहरुले विवाह गर्न थालेपनि उनले भने ६ कक्षामा पुगेपछि विहे गरिन् । यसरी सानो उमेरमै विवाह गर्ने उनी भने एक्ली हैनन् । मकवानपुरको ग्रामिण भेगमा पर्ने यस क्षेत्रमा अधिकांश बालिका सानै उमेरमा आमा बन्ने गरेका छन् ।
आफुले सानै उमेरमा विवाह गरेपनि उनी अहिले भने अरुलाई सानो उमेरमा विवाह नगर्न सल्लाह दिन्छिन् । स्थानीय तहमा रहेका विकृति र विसंगति अन्त्यका लागि पनि उनीसहितका महिला यहाँ सक्रिय छन् । ‘जाँडरक्सी तथा लागुपदार्थ खाएर होहल्ला र झगडा देखेर दिक्क भएपछि यसलाई निषेध गर्नेतर्फ लागेका छौं ।’–उनले भनिन् ‘अब भने गाँजा खेति र जाँडरक्सी जथाभावी खाने काम घट्दै गएको छ ।’
मानकुमारीले जस्तै १२ वर्षमै विवाह गरेकी थिईन् पुर्णकुमारी घिमिरेले पनि । २३ बर्षिय उनको दूध खाँदै गरेको काखे छोरा छ । ‘उमेरमा रमाईलो र लहैलहैमा विवाह गरियो तर अहिले यस्तो गर्नु नहुने रहेछ भन्ने थाहा भयो ।’–उनले भनिन्–‘अहिले पछुतो लागेको छ ।’ घरमा १२ वटा पशुचौपाया पालेकी उनको दैनिकी तिनको स्याहारमै जाने गरेको छ ।  कक्षा ८ को परीक्षा दिने तर्खरमा रहेकी १२ बर्षीया चण्डिका घलानले परीक्षाको अघिल्लो दिन भागेर विवाह गरिन् । स्थानीय कालिका माविमा अध्ययन गर्ने छात्राहरुको तथ्यांक हेर्ने हो भने कक्षा १० सम्म अध्ययन गरिरहेका अधिकांश बालिकाको विवाह भएको छ भने विवाह गर्ने पनि कम उमेरका रहेका छन् ।
सरकारी संयन्त्रसंगै दर्जनौं गैरसरकारी संस्थाले काम गरिरहेको यस क्षेत्रमा कलिलो उमेरमै आमा बन्ने समस्यामा भने कमी आएको छैन । बाल विवाहका जोखिम र जीवनमा पर्ने दिर्घकालिन असरबारे विद्यालय तहको शुरुवात देखि नै बुझाउनुपर्ने र दण्डलाई प्रभावकारी ढंगबाट कार्यान्वयनमा लैजाने हो भने बाल विवाहमा कमी आउने देखिन्छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार