१७ चैत्र, हेटौँडा । धनगढी प्रिमियर लिग क्रिकेटमा काठमाडौं गोल्डेन्सले विजयी सुरुवात गरेको छ । शनिबार कैलालीको धनगढीमा भएको उद्घाटन खेलमा टीम चौराहा धनगढीलाई ७ विकेटले हराउँदै काठमाडौंले विजयी सुरुवात गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धा्रित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४५ रन बनायो । १ सय ४६ रनको मध्यम विजयी लक्ष्य काठमाडौं गोल्डेन्सले ८ बल बाँकी छँदै ३ विकेट गुमाएर पूरा गर्यो ।
राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौंलाई जिताउन बलिङमा शाहब आलमले ह्याट्रिक गर्दा ब्याटिङतर्फ अमित श्रेष्ठले नटआउट ८१ र नरेश बुढाऐरले नटआउट २४ रनको योगदान दिए ।
काठमाडौंलाई जिताउन अमित श्रेष्ठले नटआउट ८१ रनको अर्धशतकीय पाली खेले । ६५ बलको सामना गरेका उनले ९ चौका र ४ चौका प्रहार गरे उनी खेलको म्यान अफ् द म्याचसमेत बने ।
टस हारेर ब्याटिङ गरेको घरेलु टिम चौराहा धनगढीले उत्कृष्ट सुरुवात गरेको थियो । ५५ रनमा पहिलो विकेट गुमाएको उसले १ सय २६ रन जोड्दा मात्र २ विकेट गुमाएको थियो । उसका लागि ओपनर सुनिल धमालाले उत्कृष्ट पाली खेल्दै ६८ रन बनाए । तर १७ ओभरको तेश्रो बलमा शाहब आलमले धमलालाई आउट गरे । त्यसपछि लगातार चौथो र पाँचौ बलमा विकेट लिदै आलमले पहिलो खेलमा आफ्नो नाममा ‘ह्याट्रिक’ राखे । उनले धनगढीका कप्तान सोमपाल कामी र सोनु तामाङलाई शुन्य रनमै पेवेलियन फर्काएका थिए ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)