२ असोज, हेटौँडा । नेपाली काँग्रेस मकवानपुरको उपसभापतिको जिम्मेवारी विष्णुप्रसाद लामिछानेलाई दिईएको छ । आइतबार बसेको जिल्ला कार्यसमिति बैठकले जिल्ला सदस्य रहेका लामिछानेलाई उपसभापतिको जिम्मेवारी दिएको हो ।
बैठकले जिल्ला सचिवमा जिल्ला सदस्य रहेका आनन्द कठायतलाई जिम्मेवारी दिएको छ । त्यसैगरी, जिल्ला सदस्य प्रदीप कोइरालालाई प्रवक्ता एवं नेविसंघ र तरुण दल विभाग प्रमुखको जिम्मेवारी दिएको छ । बैठकले अमिक परियारलाई आमन्त्रित सदस्य मनोनित गरेको छ ।
बैठकले जिल्ला सभापति ईन्द्रबहादुर बानियाँको संयोजकत्वमा ११ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको छ । समितिमा उपसभापति विष्णुप्रसाद लामिछाने, सचिव बुद्ध लामा, आनन्द कठायत, कोषाध्यक्ष गोपिलाल विक, जिल्ला सदस्यहरु राजिव सुवेदी, रामबाबु बानियाँ, कृष्ण प्रसाद सञ्जेल, प्रदीप कोइराला, कृष्णप्रसाद दाहाल र मिरा स्यांतान रहेका छन् । बैठकमा सर्वमान्य नेता गणेशमान सिंहको स्मृति दिवसमा तस्विरमा माल्यार्पण र मौनाधारण गरिएको थियो ।
सभापति बानियाँको अध्यक्षतामा बसेको बैठकमा प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपिलाल विक, सल्लाहकारहरु र जिल्ला सदस्यको सहभागिता रहेको थियो ।
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । निगम सञ्चालक समितिको आइतबारको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...


















